Spread the love

काठमाडौं,७ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबार देखि आउँदो जेठ ४ गतेसम्म थप एक घण्टा ४५ मिनेट विमानस्थल बन्द हुने भएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार यो अवधिमा राति ११ः४५ देखि भोलिपल्ट बिहान ६ः३० बजेसम्म बन्द हुने भएको हो ।

“वैशाख ७ गतेदेखि २७ दिनको लागि ६ घण्टा ४५ मिनेट बन्द हुनेछ,” उनले भने, “विमानस्थलको रनवे विस्तारको लागि बन्द हुने समय थप भएको हो ।”दक्षिणतर्फको ट्याक्सी वे र ह्यांगर क्षेत्रमा निर्माण कार्य गर्नुपर्ने भएकाले थप एक घण्टा ४५ मिनेट विमानस्थल बन्द गर्न लागिएको सूचना अधिकारी भुलले बताए ।

विमानस्थल यसअघि राति १ देखि बिहान ६ बजेसम्म बन्द हुने गरिको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्