Spread the love

बुटवल, १९ चैत्र ।
डिफेन्डीङ च्याम्पियन सुनीरा थापाले बुटवलमा जारी आठौं बुटवल खुल्ला राष्ट्रिय लन टेनिस प्रतियोगिताको महिला एकलतर्फको उपाधि जितेकी छिन । काठमाडौंकी सुनीरा थापाले उपाधि रक्षा गर्ने क्रममा विहिवार फाइनलमा प्रकृति श्रेष्ठलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गरिन । थापाले सातौं संस्करणमा पहिलो पटक सहभागीता जनाउदै अभिलाषा विष्टलाई फाइनलमा पराजित गर्दै पहिलो पटक उपाधि जितेकी थिइन ।

बुटवल टेनिस कोर्टमा भएको फाइनलमा पहिलो सेटबाटै थापाले खेललाई आफ्नो कब्जामा राखेकी थिइन । उपाधि विजेता थापाले नगद ६० हजार, कप, मेडल तथा प्रमाणपत्र गरेकी छिन् भने उपविजेता श्रेष्ठले नगद ३० हजार, कप, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाईन । विजेता तथा उपविजेता खेलाडीलाई नेपाल टेनिस संघका पूर्व अध्यक्ष मनोज राणा, रुपन्देही टेनिस संघका अध्यक्ष विष्णु प्रसाद चापागाईलगायतले पुरस्कार तथा कप प्रदान गरे ।

यता ४५ प्लस सिंगल्सतर्फ कमल भण्डारीले रोहित सुनुवारलाई ६–१, ६–१ को सेटमा पराजित गर्दै उपाधि चुमेका छन ।
प्रतियोगिताको ५५ प्लस सिंगल्सको उपाधि चन्द्र शाहीले चुमेको छन । उनले फाइनलमा मच्छिन्द्र थापालाई ६–१, ६–२ को सोझो सेटमा पराजित गरे ।
यसैगरि ६५ प्लस सिंगल्समा मनोज राना विजेता बनेका छन । उनले पदम गुरुङलाई फाईनलमा ४–०, ४–२ को सेटमा पराजित गर्दै उपाधि चुमे ।

प्रतियोगिताको मेन्स डबल्सको उपाधि प्रनव खनाल र आयुषमान घलेको जोडीले चुमेका छन । फाईनलमा प्रनव मानन्धर र निहान जिटिलाई ६–४, २–६, १०–८ को सेटमा पराजित गर्दैै उपाधि चुमे ।
यसैगरि ३५ प्लस डबल्सको प्रतियोगितामा बिकाश खड्का र संजय श्रेष्ठको जोडीले नबिन श्रेष्ठ र राज गुरुङको जोडीलाई ६–१, ६–२ को सेटमा पराजित गर्दैै उपाधि चुमेका छन ।

यता ४५ प्लस डबल्सतर्फ धर्म लामिछाने र राज गुरुङको जोडी विजेता बने । लामिछाने र गुरुङको जोडीले मनु/पदमको जोडीलाई ७–६, ६–२ को सेटमा पराजित गरेको थियो । डबल्सकै ५५ प्लसमा चन्द्र शाही/देगेन्द्र श्रेष्ठको जोडी विजेता बन्यो । शाही र श्रेष्ठको जोडीले धर्म लामिछाने/मनु टीको जोडीलाई ६–३, ६–३ को सेटमा पराजित गर्दै उपाधि चुमेका हुन ।

प्रतियोगिताको पुरुष सिंगल्सको उपाधि आयुष्मान घले र प्रनव मानन्धरका बिचमा शुक्रबार हुने छ । विहिबार भएको पहिलो सेमीफाईनलमा आयुष्मान घलेले निशान श्रेष्ठलाई ६–१, ७–५ तथा दोस्रो सेमीफाईनलमा प्रनव मानन्धरले राजबिर प्रधानलाई ६–२, ६–४ को सोझो सेटमा पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका छन । यसैगरि ३५ वर्ष सिंगल्सतर्फ पहिलो सेमीफाईनलमा अनिल साईले बिकाश खड्कालाई ६–४, ६–४ तथा दोस्रो सेमीफाईनलमा कमल बहादुर भण्डारीले दावा सोनाम शेर्पालाई ६–१, ७–६ को सेटमा पराजित गर्दै फाईनलमा स्थान बनाएका छन । फाईनल खेल शुक्रबार बिहान हुने संघका अध्यक्ष विष्णु प्रसाद चापागाईले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्