बुटवल, १४ चैत ।
मुद्रण उद्योग संघ रुपन्देहीको ११ औ साधारण तथा छैटौ अधिवेसनबाट अरुण पन्थीको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति सर्वसम्मत चयन भएको छ । शनिबार बुटवलमा भएको अधिवेसनबाट संघको वरिष्ठ उपाध्यक्ष राजु घिमिरे, द्धितिय उपाध्यक्ष भरत पाठक, सचिव नर बहादुर राना, कोषाध्यक्ष नेत्र प्रसाद आचार्य, सहसचिव मधुसुधन पोखरेल तथा सदस्यहरुमा दिलिप रिजाल, ऋषिराम आले, मेनका केसी, बसन्त शर्मा, हिमालय पौडेल रहेका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै संघका संस्थापक अध्यक्ष तथा केन्द्रिय सल्लाहकार खेम प्रसाद लुईटेलले नेपालको हरेक परिवर्तनमा मुद्रण क्षेत्रको योगदानबारे चर्चा गर्दै मुद्रणमा नया प्रविधिलाई आत्मसात गर्न जरुरी रहेको बताए। ठुलो लगानी रहेको यो क्षेत्रमा सरकारको ध्यान नदिएको उनले गुनासो गरे। कच्चा पदार्थभन्दा तैयारी सामग्री भित्राउदा कम मुल्य पर्ने गलत भन्सार नीतिका कारण उद्योगीहरु धरासायी हुने अवस्था भएको उनले बताए।
कार्यक्रममा प्रदेश अध्यक्ष घनश्याम घिमिरेले संघले पेपरलेस प्रविधिकै कारण ठुलो लगानी भएको मुद्रण समस्यामा परेको दुखेसो गरे । कार्यक्रममा संघका अध्यक्ष पशुपती पौडेलले संघको वार्षिक प्रगति विवरण पेश गर्दै स्वरोजगार स्वदेशीमैत्री निति ल्याउनु सरकारलाई आग्रह गरे ।























