Spread the love

गोरखपुर ।

मुम्बई क्रिकेट क्लब (एमसिसि) का संस्थापक ज्वाला सिंहद्धारा लिखित क्रिकेट खेल सम्बन्धी दोस्रो पुस्तक ‘क्रिकेट कोचिङ म्यानुल’ बिमोचन गरिएको छ । गोरखपुरमा एक कार्यक्रमका बिच दिग्गज पूर्व खेलाडीहरु श्रीलंकाका चर्चित पूर्व क्रिकेटर चामिन्दा भास, भारतिय पूर्व खेलाडी वासिम जफर, पूर्व खेलाडी बिनायक सावन्त, डा बिनय शक्सेना, नेपाली पूर्व क्रिकेटर शक्ति गौचनले सामुहिक रुपमा पुस्तक बिमोचन गरे ।

कार्यक्रममा दिग्गज क्रिकेटहरुले आफनो अनुभव सुनाए । क्रिकेट क्षेत्रमा युवा खेलाडीहरूको पहिचान गर्दै उनीहरूलाई अवसर सृजना गर्न संस्थागत रुपमा लागेको समेत बताए । कार्यक्रममा आफ्नो जीवन यात्रा गोरखपुरदेखि मुम्बईसम्म कसरी संघर्षपूर्ण रूपमा अघि बढ्यो भन्ने अनुभव सुनाउदा सिह भावुक बने । सिंहका अनुसार सुरुवाती दिनहरू निकै कठिन थिए । क्रिकेटप्रतिको मोह र सपना बोकेर मुम्बई पुगेका उनले धेरै दुःख कष्ट सहनुपरेको बताए ।

निरन्तर अभ्यास र प्रयासका क्रममा कहिलेकाहीँ रातभरि लोकल ट्रेनमै सुत्नुपरेको अनुभव उनले साझा गरे । खेलाडीको रूपमा अघि बढ्ने क्रममा पटक–पटक चोट लागेपछि उनले आफ्नो बाटो परिवर्तन गर्दै प्रशिक्षण (कोचिङ) तर्फ लाग्ने निर्णय गरे । उनले बिना कुनै औपचारिक डिग्री नै कोचिङ सुरु गरेको बताए । हालसम्म उनले क्रिकेट सम्बन्धी दुई वटा पुस्तक समेत लेखिसकेका छन् ।

ज्वाला सिंहले जीवनमा लक्ष्य हासिल गर्नका लागि आवश्यक परेमा तरिका परिवर्तन गर्नुपर्नेमा जोड दिँदै भने, “सफल हुन एउटै बाटो हुँदैन, आफ्नो लक्ष्यअनुसार बाटो परिवर्तन गर्न सक्नुपर्छ ।” उनको अनुभव र संघर्षको कथा नया युवा पुस्तालाई प्रेरणा दिने खालको छ । सन २०१३ मा क्रिकेटर यसश्वी जयसवालसंगको भेट । उसमा टयालेन्ट देखेपछि प्रशिक्षण शुरु गरेको कथा सुनाए । जो अहिले भारतीय क्रिकेटमा राम्रो योगदान दिएको छ ।

कार्यक्रममा नेपाली पूर्व क्रिकेटर शक्ति गौचनले आफनो करियरको शुरुवाती दिनमा ज्याला सिहसंग गरेको सहकार्यलाई स्मरण गरे । मुम्बईमा क्रिकेट सिक्दै र अघि बढ्दै जादासंगै बिताएका पलहरु शेयर गरे । पछिल्लोसमय ज्वाला सिह भारतमा युवा खेलाडी उत्पादनमा लागे झै आफु पनि नेपालको क्रिकेट विकास लागि लागिरहेको गौचनले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्