मणिग्राम २९ फागुन, शुक्रबार ।
राममणि बहुमुखी क्याम्पसको ३८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ । वार्षिकोत्सवको अपसरमा प्राध्यापक सम्मान, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानका साथै विभिन्न कार्यक्रम गरिएको हो ।
कार्यक्रमको् उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले रुपन्देहीको शैक्षिक विकासमा राममणिको योगदानको चर्चा गरे । नगरको प्रतिष्ठाको रूपमा रहेको राममणिसँग नगरपालिका सधै सहकार्य गर्दै आएको र आगामी दिनमा समेत साथ दिने प्रतिवद्धता जनाए ।
क्याम्पसले वार्षिक रूपमा प्रकाशन गर्नेः विद्यार्थी, प्राध्यापकका लेख रचना र आयव्यय सहितको मुखपत्र “दीपिका”को एक्काइसौं अङ्क विमोचन गरिएको थियो । क्याम्पसको नतीजा अभिवृद्धिमा उल्लेखनिय कार्य गर्ने प्राध्यापकहरू, कर्मचारी लगायतलाई दोसल्ला, सम्मान पत्र तथा मायाको चिनोबाट सम्मान गरिएको थियो । यसैगरी, वर्षभरिका शैक्षिक तथा अतिरिक्त क्रियाकलापका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । साथै, वार्षिकोत्सवका अवसरमा सञ्चालित खेल उत्सवका उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र र पदकसहित पुरस्कृत गरिएको क्याम्पसका उपप्राध्यापक मुक्तिनाथ गैह्रेले बताए ।
वार्षिकोत्सवमा सञ्चालक समिति अध्यक्ष ध्रुवकुमार धितालले कलेजको स्तरवृद्धि र शैक्षिक विकासमा आफुहरु लागेको बताए । पछिल्लोसमय अत्याधुनिक पुस्तकालय निर्माणको काम अगाडि बढिसकेको भन्दै थप प्राविधिक कार्यक्रम सञ्चालनको समेत पहल भैरहेको जानकारी उनले बताए ।
संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख तारा प्रसाद पराजुलीले सामुदायिक संस्था राममणिका आफ्नै प्रकारका जटिलता र सम्भावना रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा उपाध्यक्ष कृष्णप्रसाद पौडेल, पूर्व क्याम्पस प्रमुख मोहनराज शर्मा, क्याम्पस सभा सदस्य सुरेन्द्रकुमार वर्मा, शान्ति नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछाने, प्राध्यापक संघका सभापति राजेन्द्र थापा क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालले क्याम्पसको थप स्तरोन्नतिमा भएको प्रगतिबारे प्रकाश पारे ।
वार्षिकोत्सवकै अवसरमा विद्यार्थीले सञ्चालन गरेको प्राविधिक परियोजना प्रदर्शनीको अतिथि तथा अभिभावक र अन्य विद्यार्थीले अवलोकन गरेका थिए । यसैगरि दर्जनौं विद्यार्थीले कविता, गीत, गजल, नाटक, नृत्य आदि प्रस्तुत गरेका थिए ।





















