Spread the love

काठमाडौ, २९ फागुन ।
चैत ६ र ७ गते मा भक्तपुर फिल्म फेस्टिभल हुने भएको छ । भक्तपुरका युवा फिल्मकर्मीहरुको समूहको आयोजनामा पहिलो पटक भक्तपुरमा यो फेस्टिभल आयोजना गर्न लागेको हो ।

भक्तपुरको कमलविनायकस्थित नेपाल भोकेस्नल एकेडेमीमा आयोजना हुने महोत्सव गर्न युवा फिल्मकर्मीहरु किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहको अग्रसरता रहेको छ । भक्तपुरको कला र साहित्यलाई विकास गर्ने र नयाँ फिल्मकर्मीलाई प्लेटफर्म दिने उदेश्यले यो महोत्सव आयोजना गरिएको महोत्सव निर्देशक किरण किलम्बूले बताए । महोत्सव निर्देशक किलम्बुले ‘कब्बडी ४’, ‘फूलबारी’, ‘दिमाग खराब’, ‘फेरि रेशम फिलिली’, ‘डिग्री माइला’, ‘लगायतका फिल्ममा काम गरेका छन् ।

महोत्सव संयोजक स्मित गिरीका अनुसार स्वतन्त्र (इन्डी) फिल्मकर्मीका फिल्म र उनीहरुका फिल्मलाई प्लेटफर्म दिने गरि महोत्सव सुरु गरेको बताए । स्मितसँगै एभरेस्ट एकेडेमीमा फिल्म अध्ययन गरेका सफल वैद्य पनि महोत्सव संयोजक हुन् ।
२ दिने यो महोत्सवमा २४ फिल्म देखाइनेछन् । नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ देखाउँदै महोत्सव सुरु हुनेछ ।

महोत्सवमा सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’देखि अंकित पौडेलको ‘सङ्ग अफ क्लाउड्स’, किरण श्रेष्ठको ‘एट एनोदर विन्टर’, राजन कठेत र सुनीर पाण्डे निर्देशित डकुमेन्ट्री ‘ढोरपाटन’लगायतका फिल्महरु देखाइनेछन् । सन्देश भुर्तेलको डकुमेन्ट्री ‘मदर रेबिका’ भने महोत्सवको समापन फिल्म हुनेछ । महोत्सवमा २ नेवा संस्कृति समेटिएका फिल्म ‘किजा पूजा’ र ‘नेवा बुद्धिजम इन नेपाल’ देखाइनेछ ।

महोत्सवमा फिल्मकर्मी केशव पाण्डेले कथा लेखनसम्बन्धि कार्यशाला दिँदैछन् । यही फागुन ३० मा भने महोत्सवले रुशेल शिल्पकारसँगको सहकार्यमा भक्तपुरमा ‘हेरिटेज वाक’ पनि आयोजना गर्दैछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्