बुटवल, २९ फागुन ।
खेलकुदमार्फत लागू औषध न्यूनिकरण अभियान नारासहित रुपन्देहीमा स्वर्गिय बबुवा दाई स्मृति तेस्रो फुटसल प्रतियोगिता २०८२ शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व, एभरेष्ट ग्रुप हङकङको मुख्य प्रायोजन तथा आस्था समुहको आयोजनामा शुक्रबार पहिलो चरणका १६ वटा खेलहरु सम्पन्न भएका छन ।
उद्घाटन खेलमा मणिग्राम युनाईटेड एफसीले जित निकालेको छ । योगिकुटीस्थित लुम्बिनी फुटसल एरिनामा भएको खेलमा आयोजक आस्था समुहलाई ४–१ गोल अन्तरले पराजित गर्दै मणिग्राम दोस्रो चरणमा प्रवेश गरेको हो ।
यसैगरि फुटसल फलेम ए ले जलबिनायक क्लबलाई २–०, फ्रिडम फाउण्डेसनले इन्टर एफसीलाई ५–१, देवदह एफसीले राजेश मेरोरियल फाउडेसनलाई ६–२, झरना एफसीले फुलबारी गाईजलाई ५–३, लुम्बिनी फुटसलले बुद्ध युथ क्लबलाई ३–१, जनज्योती एफसीले लाहुरे एफसीलाई ६–१, खस्यौली स्कुकरले मोहन एफसीलाई ४–१, बेष्ट लाईफ केयरले पोखरा फेलोसिपलाई ४–२, संकल्प समुहले किङस अफ फिटनेशलाई २–०, अल सेट एफसीले फार्मा एफसीलाई ६–१, निर्भना फाउण्डेसनले राधाकृष्ण एफसीलाई ३–२, एन्फा एकेडेमी बुटवलले भुपुसैनिकलाई ६–१, न्यू होराईजनले एडिक्सन रेस्क्यु नेपाललाई पेनाल्टी शुटआउटमा ३–१, फुटसल फलेम बि ले एनडिएन एफसीलाई ७–२, वाईल्ड बोर एफसीले वरियर्स एफसीलाई ३–१ ले परािजत गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।
शनिबार बिहान दोस्रो चरणका आठ खेलहरुमा क्रमशः मणिग्राम यूनाइटेड र फ्रीडम फÞाउण्डेशन, फुटसल फ्लेम ए र देबदह एफसी, झरना स्पोर्टिंग क्लब र जन ज्योति युवा क्लब, बुद्ध युवा क्लब र खस्यौली स्नोकर क्लब पोखरा फेलोशिप र निर्बाना फाउंडेशन, संकल्प समूह र अल सेट, एन्फा एकेडमी र फुटसल फ्लेम बि तथा एडिक्शन रेसुक्यू र वाइल्ड बोर बिच खेल हुनेछ ।





















