Spread the love

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ ।
विभागका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बादल लागेको छ ।

बाँकी पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा तुवाँलो लागेको छ । यस्तै, कोशी प्रदेशको पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी स्थानमा आंशिक बदली रहने सम्भावना रहेको विभागले जनाएको छ ।

यस अवधिमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ ।

सोमबार राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने बाँकी स्थानमा आंशिक बदली रहने अनुमान गरिएको छ ।
गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्