बुटवल, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य विनोद पहाडी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
उनीलाई एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मा तथा नेता लिला गिरीले पार्टीमा स्वागत गरेका हुन् ।
एमाले प्रवेश गर्दै पहाडीले आफू कुनै लोभ वा लहडका आधारमा नभई विचारका आधारमा एमाले रोजेको बताएका छन् ।
उनले एमालेमाथि भइरहेको घेराबन्दी र आक्रमण लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण भएको दाबी गरे ।
राष्ट्रिय स्वाभिमानप्रतिको एमालेको दृढ अडानलाई आधार मानेर पार्टी प्रवेश गरेको उनको भनाइ छ ।
पहाडीका साथमा नेकपा रुपन्देही सदस्य सरोज गौतम र नगर सदस्य जनक गौतम पनि एमालेमा प्रवेश गरेका छन् । उनी राष्ट्रिय दलित पत्रकार महासंघका अध्यक्षसमेत रहेका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1




















