Spread the love

बर्दघाट, १४ फागुन ।

नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेले ८ वर्षपछि पार्टिको नेतालाई उम्मेदवार बनाएको छ । सुस्ता गाँउपालिकाका निवर्तमान अध्यक्ष राम प्रसाद पाण्डेले आफ्नो क्षेत्रको विकास र जनअपेक्षित निति निर्माणको लागि आफूले उम्मेदवारी दिएको बताएका छन ।
सुस्ता गाँउ पालिकाको अध्यक्ष भइ कार्यसम्पादन गरिसकेका पाण्डेले शिक्षा, स्वास्थ्य, कृषि र भौतिक निर्माणमा सुस्तालाई पुर्याएको योगदान अव क्षेत्रमा समेत विस्तार गर्नको लागि आफू चुनाव मार्फत निति निर्माण गर्ने स्थानमा पुग्न चाहेको बताए । लुम्बिनी प्रदेशकै सबैभन्दा पछि परेको क्षेत्रको रुपमा चिनिएको सुस्तामा पाण्डेले विकासको लहर नै ल्याएका थिए ।

भारतिय अतिक्रमणमा परि नेपालबाटै विरानो जस्तो भएको नारायणी पारीको सुस्ता गाँउलाई नेपालकै सबैभन्दा लामो झोलुँगे पुलले जोडेर त्यहाँका जनताको जनजिवन सहज बनाउने, शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत विद्यालय र स्वास्थ्यकेन्द्रको स्तरोन्नतीको श्रेय पाण्डेलाई नै जाने स्थानियहरु बताउँछन ।

सिमित श्रोत साधनका वावजुद पनि सुस्तामा पाण्डेको कार्यकालमा उल्लेख्य विकास भएको स्थानियहरुको भनाइ छ । यसै क्षेत्रमा विगत लामो समयदेखी समाजसेवा गर्दै आएका पाण्डे यस क्षेत्रका बारेमा पूर्ण जानकार समेत छन । स्थानिय भएकै कारण पनि सुख दुख मा जनताकै साथमा रहने पाण्डे भौगोलिक, आर्थिक र सामाजिक अवस्थाका जानकार समेत हुन।
सुस्ता गाँउपालिकाको अध्यक्ष हुँदा राष्ट्पतिबाट जनसेवा पदक समेत पाएका पाण्डे जनस्तरमा लोकप्रिय रहनुका साथै सबैलाई समान ब्यवहार र विकासमा जोड दिने नेताका रुपमा समेत परिचित छन ।

स्थानियसँग हरपल साथमा रहने नेतृत्वले नै स्थानियका समस्यामा साथ दिन सक्ने बताउँदै एमाले बाहेक अन्य दलका कार्यकर्ता र समर्थकको आफूलाई साथ रहेको पाण्डेले बताए । नवलपरासी पश्चिम क्षेत्र नम्बर १ मा विगतका निर्वाचनमा यस क्षेत्रका पुराना नेता हृदयेश त्रिपाठीलाई कहिले सुर्य चुनाव चिन्ह दिएर त कहिले नैतिक समर्थन गरेर चुनावमा सहयोग गरेको थियो, तर यसपटक क्षेत्र नम्बर १ का मतदाता, कार्यकर्ताहरुको ब्यापक दवाव र चाहनाले आफूले उम्मेदवारी दिएको र मतदाताले दिएको जिम्मेवारी आफूले पूर्णरुपले पालना गर्ने पाण्डेले प्रतिवद्धता जनाएका छन ।
यस क्षेत्रमा एमालेका पाण्डे, नेपाली काँग्रेसका विनोद चौधरी, जसपा का हृदयेश त्रिपाठी, रास्वपा का विक्रम खनाल विच प्रतिष्प्रर्धा हुने आँकलन गरिएको छ ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्