Spread the love

काठमाडौं,फागुन १२ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।यस अघि निर्वाचनलाई लक्षित गरेर सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको थियो ।निर्वाचनपछि पनि लगातार दुई दिन सार्वजनिक बिदा छ । फागुन २३ गते शनिबार र २४गते आइतबार नारी दिवस परेकाले  विदा रहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्