Spread the love

बुटवल, ९ फागुन ।
फुटबल खेलसंग जोडिएर आउने नाम हो बुटवलका दिपक गुरुङ । यहा हुने अधिकाश फुटबल प्रतियोगितामा उनि भेटिन्छन । यतिमात्र होईन बुटवलमा नै पहिलोपटक महिलाहरुको राष्ट्रिय फुटबल गराएर उनि गतवर्ष चर्चामा समेत आए । उनै दिपक अहिले भने रुपन्देही क्षेत्र नं. २ का अधिकाश घरदैलोमा भेटिन्छन ।

उनि जनता समाजवादी पार्टी, नेपालको तर्फबाट उम्मेदवार हुन । गुरुङ चुनावी प्रचारका लागि घरदैलो गर्ने क्रममा तिलोत्तमा, बुटवल र सैनामैना नगरपालिकाका विभिन्न वडाहरुमा मतदाता समक्ष पुगेका छन ।

संघीयता सुशासन, सामाजिक न्याय र समानता तथा समावेृशी नेतृत्व समृद्ध देश जसपाले जोड्छ हिमाल पहाड मधेश भन्ने मुल भावना बोकेर चुनावी प्रचारका लागि घरदैलोमा पुगेका युवा उम्मेदवार गुरुङले आफुले खेलकुद र समाजसेवाको काममा सबैलाई एकसाथ अगाडी बढाउने गरेको बताउदै लोभलालचमा नपरि मतदान गर्न आग्रह गरेका छन् ।

गुरुङले जनताको भाग्य र भविश्यको फैसला गर्ने समयमा विचार पुर्याएर मतदान गर्ने समय आएको बताउदै जतिय विभेदको अन्त्यका लागि आफ्नो पार्टीले सधै काम गर्दै आएको जनाएका छन् । जनता समाजवादी पार्टीले सार्वजनिक गरेको प्रतिवद्धतापत्र केवल चुनावी प्रतिवद्धतामात्र नभई मुलुकको अग्रगामी रुपान्तरणको मार्गचित्र भएको उम्मेदवार गुरुङको दावी छ । उनले रुपन्देहकिा जनताको विकास, समृद्धि, उन्नति र प्रगतिको चाहना तथा युवाहरुको प्रतिनिधित्व गर्न आफु उम्मेदवार बनेको बताएका छन् ।

उम्मेदवार गुरुङले रुपन्देही क्षेत्र नं २ का बुटवल उपमहानगरपालिकाका १ देखि १३ नम्बरसम्मका वडा, तिलोत्तमा नगरपालिकाका १ देखि ६ नम्बरसम्मका वडा र सैनामैना नगरपालिकाका १ देखि ४ नम्बरसम्मका वडामा आफ्नो चुनावी प्रचारलाई तिब्र रुपमा अगाडी बढाएको सो पार्टीले जनाएको छ । घरदैलोको क्रममा प्रत्येक दिन वडा र टोलमा उम्मेदवार पुग्ने र स्थानीयसंग अन्र्तक्रिया, छलफल गर्दै समस्या सुन्ने गरेको पार्टीले जनाएको छ ।

उम्मेदवार गुरुङले रुपन्देहीको चर्चित युवा क्लब सौभाग्य युवा क्लबको विर्तमान अध्यक्ष, विस पचहत्तर युवा परिवारको सचिव, आदिवासी जनजाती युवा महासंघ, लुम्बिनी प्रदेश समितिको सचिव, जिल्ला फुटवल संघ, रुपन्देहीको सचिव जस्तो जिम्मेवारी निभाएको र अन्य संघसंस्थाहरुमा नेतृत्वदायी भूमिका गर्दै आएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्