बुटवल,८फागुन । सियारी गाउँपालिका–७ स्थित उत्तम महिला कृषि सहकारी संस्थाले चार दिने उद्घोषण, माइन्युट लेखन तथा कर्जा जोखिम, बीमा तालिम सम्पन्न गरेको छ । संस्थाले सहकारी संस्थाका पदाधिकारी तथा सञ्चालक समिति सदस्यहरूलाई तालिम दिएको हो ।
तालिममा प्रशिक्षक चित्र गुरुङ , हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीका प्रदेश उपप्रमुख शिव कुमाल तथा शाखा प्रमुख प्रेम न्यौपानेले सहजीकरण गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष सदिक्षा खरेलले तालिमले संस्थाको कार्यसम्पादनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै सहयोगी सबै पक्षप्रति धन्यवाद व्यक्त गरिन । तालिम कार्यक्रम फागुन ६ गतेदेखि ९ गतेसम्म सञ्चालन गरिएको थियो।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1






















