Spread the love

बुटवल ७ फागुन ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्रनम्बर–१ का कांग्रेस उम्मेद्धार हिराबहादुर खत्रीले गरिव, विपन्न तथा पछाडी परेका वर्गको शिक्षा, स्वास्थ्य र रोजगारीका लागि नीतिगत पहल गर्ने बताएका छन् ।

उनले पछाडी परेका र पछाडी पारिएका वर्गको आर्थिक र सामाजिक अवस्था माथी उकास्नका लागि नीतीगत ब्यवस्था हुनु पर्ने बताएका हुन् । रुपन्देही क्षेत्रनम्बर–१ अन्तर्गत रोहिणी गाउँपालिकाको वडानम्बर–३, ४ र ७ मा घरदैलो तथा जनभेटघाट गर्दै उनले सबैलाई समान हैसियतले हेर्ने एकमात्र पार्टी कांग्रेस भएकाले अहिलेको सरकार कांग्रेसकै बहुमतका आधारमा बनाउन आवश्यक रहेको बताए ।

मुलुकको विकासका लागि कृषि र पर्यटन महत्वपुर्ण आधारस्तम्भ रहेकाको उल्लेख गर्दै ति विषयसँग जोडिएका नागरिकको अवस्थालाई सँगसँगै लैजान राज्यले सहि नीति अवलम्बन गर्नु पर्ने बताए । खत्रीले रुपन्देही एकका विभिन्न पालिका र क्षेत्रहरुमा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । रुपन्देहीको देवदह, तिलोत्तमा, ओमसतियाका विभिन्न वडा तथा टोलमा घरदैलो, जनभेटघाटसँगै सुझाव संकलन कार्यक्रमलाई खत्रीले निरन्तर जारी राख्ने निर्वाचन परिचालन संयोजक हरि काफ्लेले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्