बुटवल, ५ फागुन ।
रुपन्देही व्यापार संघको होजियारी व्यवसायीहरुको भेलाबाट पुनः बाबुराम पाण्डेयको संयोजकत्वमा ९ सदस्यीय होजियारी वस्तुगत उपसमिति गठन भएको छ । सोमबार संघमा सचिवालयमा सम्पन्न भेलाबाट उपसमितिको सह–संयोजकमा वसन्त गैरे, सचिवमा भिमलाल पौडेल, कोषाध्यक्षमा मदन घिमिरे, सह–सचिवमा तुल्सीराम गैरेलाई सर्वसम्मत चयन गरेको हो ।
यसैगरि सदस्यहरुमा गौतम गैरे, धु्रव पाण्डे, नारायण पौडेल, छवि पाण्डे र सल्लाहकारहरुमा अर्जुनप्रसाद भट्टराई, मुक्तिप्रसाद भण्डारी, गोकर्णराज पाण्डेय, सुरेन्द्रराज ज्ञवाली रहेका छन ।
नवनिर्वाचित संयोजक बाबुराम पाण्डेयले आफ्नो कार्यकालमा रचनात्मक क्रियाकलापहरु साथै व्यावसायिक गतिविधिहरुमार्फत् संघलाई थप उचाईमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमका संघका अध्यक्ष प्रकाश ढकालले व्यवसायमा देखापरेका समस्याको समाधानका लागि व्यवसायीक संघसंस्थाहरुको अहम भूमिका हुने हुदा त्यसलाई बलियो बनाउन व्यवसायीहरु सक्रिय हुनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा संघका सह–सचिव एवं वस्तुगत उपसमितिका संयोजक नलराज नेपालले उपसमिति गठन र यसका फाईदाबारे प्रकाश पारे ।
भेलामा संघका वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारी, महासचिव प्रकाशराज पौडेल, कोषाध्यक्ष अर्जुनप्रसाद भट्टराई, कार्यसमिति सदस्य सरोज ज्ञवालीलगायतले व्यवसायमा विभिन्न कारणले समस्याहरु बढ्दै गएको जिकिर गर्दै होजियारी क्षेत्रका व्यवसायीहरुले आफ्ना समस्याहरु वस्तुगत उपसमितिमार्फत संघमा ल्याउन सुझाव दिए ।
कार्यक्रम होजियारी वस्तुगत उपसमितिका संयोजक बाबुराम पाण्डेय, सचिव भिमलाल पौडेलले व्यवसायमा आएको मन्दी र व्यवसायी पलायनका विषयमा समेत छलफल भएको थियो ।





















