Spread the love

बुटवल, ४ फागुन ।
रगत अभाव बढेको बेला ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल क्षेत्रिय कार्यालय बुटवलले वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘स्वच्छ एवं स्वस्थ्य समाजका लागि आध्यात्मिक शसक्तिकरण’ नारासहित नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखाको सहकार्य, नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान भएको हो ।

सोमबार भएको रक्तदान कार्यक्रममा ४२ युनिट रगत संकलन भएको ब्रह्माकुमारिज नेपालका केन्द्रीय सदस्य राजयोगी ब्रह्माकुमार नारायणले बताए ।

एक कार्यक्रमका बिच ब्रह्माकुमारिज नेपालका केन्द्रीय सदस्य राजयोगी ब्रह्माकुमार नारायण, ब्रह्माकुमारि पुर्णिमा, ब्रह्माकुमारि लक्ष्मी, बुटवल ब्लड बैंकका सिनियर प्राबिधिक निरञ्जन राजभण्डारी, प्राविधिकहरु चन्द्र बहादुर झेंडि र प्रिति थापाले रक्तदाताहरुलाई प्रमाणपत्रबाट सम्मान गरे ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्