Spread the love

बुटवल, २८ माघ ।

‘सुशासन र समृध्दि नागरिकको अधिकारः भष्ट्रचार नियन्त्रणमा बनौ सबै जिम्मेवार’ नारासहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औ स्थापना दिवस बुटवलमा मनाईएको छ । कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्ण बहादुर घर्तिमगरले उद्घाटन गर्दै अख्तियारको स्थापना, संवैधानिक हैसियत र कार्यक्षेत्रबारे प्रकाश पारे । संविधानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शक्तिशाली र स्वतन्त्र संवैधानिक निकायका रूपमा स्थापित गरेको उल्लेख गर्दै सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको विषयमा आयोगलाई कानुन बमोजिम अनुसन्धान गर्ने अधिकार रहेको बताए । अनुसन्धान पश्चात् अधिकारप्राप्त अदालतमा मुद्दा दायर गर्ने संवैधानिक जिम्मेवारी आयोगलाई प्रदान गरिएको उनले स्पष्ट पारे । उनले सुशासन कायम गर्न पारदर्शिता, जवाफदेहिता र कानुनी शासन अपरिहार्य रहेको धारणा राख्दै भ्रष्टाचार नियन्त्रणमा राज्यका निकाय मात्र नभई आम नागरिक पनि जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अख्तियारको सिरान हालेर काम नगर्ने खालका प्रवृद्धिहरु अघि बढेकोप्रति चिन्ता ब्यक्त गरे । ‘कर्मचारीहरुको मनोबल गिराउने र हतोत्साही बनाउने काम भएको छ ।’–उनले भने । विकास निमार्णको काम अघि बढेको छ । अझै पनि ऐलानी र सार्वजनिक जग्गामा धेरै विकासका निमार्ण काम अघि बढेको भन्दै यो रोक्नुपर्ने आएका धेरै घटना उनले सुनाए । राज्यका सबै अंगहरु आआफ्नो क्षेत्राधिकारमा रहेर काम गरेमात्र देश विकासको बाटोमा हिड्ने उनले बताए ।

कार्यक्रममा अख्तियार बुटवल कार्यालयका कार्यालय प्रमुख बिनिता भट्टराईले बुटवल कार्यालयमा परेका उजुरीको बारेमा जानकारी दिदै वन तथा वातावरण, स्वास्थ्य, भौतिक पूर्वाधार तथा यातायात, खानेपानी, मुख्यमन्त्री तथा मन्त्रिपरिषदका क्षेत्रमा बढी उजुरी पर्ने गरेको बताईन । यो आर्थिक वर्षमा ५२९ उजुरी दर्ता भएको र गतवर्षबाट जिम्मेवारी सरेका उजुरी १११ गरि कुल ६४० उजुरीहरु रहेको उनले बताईन ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगरले प्रदेश संरचनाप्रतिको दृष्टिकोण परिवर्तन गर्न आग्रह गरे । शासन प्रणालीप्रतिको दृष्टिकोण नै खराब भएको कारणले अभिब्यक्तिमाथि खराबी आएको उनले दाबी गरे । सोच्ने शक्ति खराब हुदा काम गर्ने खराब हुने भन्दै उनले सोच्ने तरिका संघिय बनाउन आग्रह गरे । संघबाट कानुन नबनाउने र बाटो नखोल्दा प्रदेश अफट्यारोमा परेको उनले बताए । आर्थिकमात्र नभई अब राजनितिक, बैचारिक, सैदघान्तिक दृष्टिबाट हेरिनुपर्ने उनले बताए । ‘सहअस्तित्व, सहकार्य गर्ने जस्ता विषय महत्वपुर्ण छ ।’– उनले भने । प्रदेशमाथि गम्भिर प्रश्न उठेको छ । ५५० जनाले रित्याएको आरोप लगाउने काम भैरहेको उनले बताए । गम्भिर अपमानजनक शब्दहरु प्रयोग भैरहेको उनले बताए । मान्छेहरु अधिकारको दुरुपयोग वा कार्यक्षेत्रभन्दा बाहिर गएर किन काम गर्छ भन्ने अध्ययनको विषय भएको बताए । नेपाल केवल औपचारिकताबादी हुदा पछि परेको दाबी गरे । कानुनलाई देखाएर काम नगर्ने मानव आचरणका कारण समस्या भएको उनले बताए ।

कार्यक्रममा रुपन्देही जिल्ला समन्वय समितिका संयोजक उमाकान्त चपाईले साझा अधिकारका विषयमा ३४ तहकको सरकारमा समस्या रहेको बताए । अड्काउन पर्दा यसैबाट रोक्ने बढि गरिदै आएको उनले दाबी गरे । दिनदिन मुद्दा हाल्ने प्रति जो राष्ट्रसेवक र जनप्रतिनिधिलाई काम गर्न कठिनाई परेको कारण कारवाहि गरेको कुरा पनि प्रतिवेदनमा आउनुपर्ने सुझाव दिए । अख्तियारमा पर्ने उजुरीका कारण स्थानिय तहमा परेको कठिनाईसंगै घटनाहरु रहेको छ । अख्तियारबाट उजुरी परेको मुद्दामध्ये ९० प्रतिशत फछ्र्यौट हुनु सफलताको कडि भएको उनले बताए । आयोगबाट कारवाहि परेको संख्या आउदा धेरै राम्रो हुने उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले सुसासनलाई मुल मुद्या बनाउनुपर्ने बताए । संघ र प्रदेश सरकारले स्थनिय तहसंग बाझिएका कतिपय कानुनी झण्झट हटाउनुपर्ने बताए । कानुनी अडचनका कारण स्थानिय तहमा शुरु भएका धेरै विकासका आयोजनाहरु रोकिएको उदाहरण दिदै उनले ब्यवहारिक पक्षलाई बाटो खोल्नुपर्ने बताए । एउटै अनलाईनबाट एउटै खालको धेरै पटक मुद्या आईरहदा त्यसको छानबिन गर्न जरुरी हुने तर्क दिदै उनले विकास रोक्नकै लागि मुद्या दिनेजस्ता काम भएको उनले बताए । कार्यक्रममा उत्कृष्ट सेवा गरेका राष्ट्रसेवक कर्मचारीहरुलाई नगदसहित सम्मान गरिएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्