OLYMPUS DIGITAL CAMERA
Spread the love

काठमाडौ,२६ माघ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सेयर बजारमा देखिएको अनिश्चितताले नेप्से परिसूचकमा गिरावटको क्रम सोमबार पनि जारी रहेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से सोमबार थप २६ अंकले ओरालो लागेको हो ।
आइतबार १०.२४ अंकले घटेको नेप्से सोमबार थप २६.०५ अंकले घट्दै २६७२.३९ अंकमा बन्द भएको छ । सोमबार कारोबार सुरु हुँदा २६९८.४५ अंकमा रहेको नेप्से सूचक दिनभर ओरालो लागेर अन्तिम समयमा केही सुधार देखिए पनि समग्र बजार नकारात्मक नै रह्यो ।
चुनावको समयमा सेयर बजारमा गतिविधि बढ्ने अपेक्षा रहे पनि हाल देखिएको अनिश्चितताले लगानीकर्ताको मनोबल कमजोर बनेको विश्लेषकहरू बताउँछन् ।
सोमबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । आज २ सय १२ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ४६ कम्पनीको सेयर मूल्य बढेको छ । खानीखोला र रिडी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।आज ६ कम्पनीको सेयर मूल्य स्थिर रहँदा नेप्सेमा कुल पौने ११ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्