Spread the love

काठमाडौँ,२५ माघ । सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्ध ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गर्दै आजदेखि एचपीभी खोप अभियान सुरु गरेको छ। फागुन १५ गतेसम्म सञ्चालन हुने यो अभियानमार्फत देशभर करिब ३ लाख ५० हजार किशोरीलाई खोप लगाइने भएको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार आजदेखि फागुन १५ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन गरिनेछ। अभियानअन्तर्गत किशोरीहरूले आफू अध्ययनरत विद्यालय, नजिकैको विद्यालय वा स्वास्थ्य संस्थामा गएर खोप लगाउन सक्नेछन्।
महाशाखाले कक्षा ६ मा अध्ययन गर्ने सबै छात्राले अनिवार्य रूपमा खोप लगाउनुपर्ने जनाएको छ। साथै, गत वर्षको अभियानमा छुट भएका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई समेत खोप लगाइने तयारी गरिएको छ।

सरकारका अनुसार यस अभियानमार्फत कुल ३ लाख ५० हजार किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ। गत वर्ष सरकारले ६ देखि १४ वर्ष उमेर समूहका करिब १६ लाख छात्रालाई एचपीभी खोप लगाइसकेको थियो ।यस वर्षदेखि एचपीभी खोपलाई नियमित खोप कार्यक्रमअन्तर्गत समावेश गरी निरन्तर रूपमा सञ्चालन गर्ने सरकारको योजना रहेको छ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्