Spread the love

बुटवल, २६ पुस ।
नेपाल उद्यान महासंघको प्रथम साधारण सभा तथा अधिवेसनबाट खेम प्रसाद लुइटेलको अध्यक्षतामा २३ सदस्यीय नया समिति निर्विरोध निर्वाचित भएका छन । जसको उपाध्यक्ष रघुनाथ खनाल, उपाध्यक्ष दलबहादुर गुरुङ, महासचिव बेलप्रसाद शर्मा, सचिव लक्ष्मीप्रसाद खनाल, कोषाध्यक्ष शान्ति खनाल तथा सदस्यहरुमा हरिलाल सापकोटा, नारायणबहादुर केसी, चेतबहादुर खड्का, विष्णुराज आचार्य, पवन रिजाल, टेकप्रसाद पराजुली, निरबहादुर श्रेष्ठ, हिमालाल पाण्डेय, डिल्लीराज भण्डारी, श्याम न्यौपाने, सारसप्रसाद देवकोटा, हेमबहादुर बस्नेत, गोपालबहादुर श्रेष्ठ, इन्द्रप्रसाद नेपाल, हिमालकुमार श्रेष्ठ, टीका ओली, हरिकला कुमाल रहेको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता युवराज घिमिरेले बताए ।

नवनिर्वाचित अध्यक्ष खेम प्रसाद लुइटेलले देशभरका उद्यान संचालकहरुलाई संगठिन गरि ब्यवस्थापनमा सरकारको ध्यान जाने गरि अगुवाई गर्ने बताए । उद्यान पर्यटकहरुको गन्त्बय स्थल भएको भन्दै यसलाई ब्यवस्थापन जरुरी रहेको उनले बताए ।औपचारिक कार्यक्रमको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगरले उद्घाटन गर्दै उद्यान सरकारको प्राथमिकतामा नपरेको, संसदमा राष्टिय कानुन नबन्दा वन ऐनबाट नै कार्यान्वन हुनुपरेको बताए ।

देशका धेरै ठाउमा पर्यापर्यटनको विकास गर्ने गरि उद्यानहरु निमार्ण भएको भएपनि त्यसको ब्यवस्थापनमा कठिनाइहरु रहेको उनले स्वीकारे । प्रकृति र मानव सम्बन्धलाई बुझने गरि उद्यान निमार्ण बनाउनुपर्ने उनले बताए । दुई दिनसम्म चल्ने अधिवेसनमा देशभरिकै ११६ संस्थाका दुई सय बढी प्रतिनिधिहरु सहभागिता रहेको महासंघका महासचिव बेल प्रसाद शर्माले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्