बुटवल, २४ पुस । किसानहरुलाई प्रोत्साहन हुने गरि सरकारबाट नीतिगत योजना ल्याउनुपर्ने डेरी ब्यवसायीहरुले आग्रह गरेका छन् । उत्पादन लागत बढ्दा किसानहरु निरुत्साहित हुदा उत्पादन घट्दै गएकाले किसानमैत्री निति ल्याउनुपर्ने उनिहरुले माग गरेका छन् । दुध र दुग्धजन्य पदार्थको नियमित सेवन, सुनिश्चित स्वस्थ्य र निरोगी जीवन नारासहित स्थापना भएको नेपाल डेरी एशोसियसन लुम्बिनी प्रदेशको छैटौ साधारण सभा तथा तेस्रो अधिवेसनमा बोल्ने ब्यवसायीहरुले सो कुरा बताएका हुन् ।
विहिबार बुटवलमा सम्पन्न भएको कार्यक्रममा संस्थाको वार्षिक प्रगति विवरण पेश गर्दै संघका अध्यक्ष थानेश्वर न्यौपानेले डेरी ब्यवसायमार्फत किसान र उपभोक्तालाई जोड्ने गरि अभियान चलाएको बताए ।उनले परम्परागत रुपमा संकलन र वितरण हुदै आएकोमा पछिल्लो समय ब्यवसायिक र आधुनिक प्रविधि भित्रिदा यो ब्यवसायमा पनि परिवर्तन आएको बताए ।
कार्यक्रमको एक समारोहका बिच नेपाल डेरि एशोसियन संघ केन्द्रिय पूर्वअध्यक्ष मेघराज भण्डारीले उद्घाटन गर्दै डेरी ब्यवसायमा ६ लाख किसान आवद्ध रहेको तथा १ अर्ब भन्दा बढि राजश्व तिर्ने भएपनि सरकारबाट उचित नीति नहुदा समस्यामा रहेको बताए ।
कार्यक्रमा बोल्दै नेपाल राष्ट्र बैक लुम्बिनी प्रदेशका प्रबन्धक रमेश आचार्यले देशमा बढ्दो बेरोजगारी, मिल्क होलिडे, उत्पादनमा गुणस्तर बढाउनुपर्ने कुरामा जोड दिए । उनले कृषिसंग जोडिएको यो क्षेत्र सरकारको प्राथमिकतामा परेको भन्दै सकारात्मक रुपमा लाग्न सुझाव दिए । सरकारले किसानको हकहितलाई लक्षित गरेर नै सहुलियतपूर्ण कर्जाको ब्यवस्था गरेको उनले बताए । कार्यक्रममा दुग्ध विकास संस्थान, लुम्बिनी दुध वितरण आयोजनाका प्रमुख कृष्ण अर्यालले डेरी ब्यवसाय निक्कै चुनौतीको पेशा भएको बताए । डेरी भ्यालु चेन्जमा आएको एक्कासी परिवर्तनले किसान पलायनकै कारण प्रत्क्षय उत्पादनमा समस्या देखिएको उनले बताए ।
नेपालको कुल ग्राहस्थ उत्पादन (जेडिपि) मा डेरी क्षेत्रको योगदान ९ प्रतिशत रहेको छ । उधोगका रुपमा हेर्दा ग्लोबल डेरी सबैभन्दा ठुलो लगानीमा स्थापना भएको छ । यसबाहेक २ सय बढि डेरीहरु छन । लुम्बिनीमा १ हजार बढी डेरीहरु रहेका छन । दैनिक कुल उत्पादनको करीब ५ लाख लिटर दुध डेरी उधोगमार्फत बजारमा बिक्री हुदै आएको छ भने अनौपचारिक रुपमा करीब १० लाख लिटर उत्पादन भई खपत भैरहेको छ । करिब १ लाख परिवार यो पेशामा आश्रित रहेको छ ।



















