बुटवल, २० पुस । लखन ब्रदर्श युथ क्लबको तेस्रो वार्षिक साधारण सभा दोस्रो अधिवेसनबाट सुदिप खत्रीको अध्यक्षतामा १७ सदस्यीय नया नेतृत्व सर्वसम्मत चयन भएको छ । जसको उपाध्यक्ष धन बहादुर थापा, सचिव निरन्जन पन्त, सहसचिव ज्योती थापा, कोषाध्यक्ष गंगा बहादुर पुन रहेका छन ।
यसैगरि सदस्यहरुमा प्रकाश छन्त्याल, पार्वती बुढाथोकी, देविका आले, मदन कुमार आले, कुमारी बलाल, सुनिल गुरुङ, मदन घिमिरे, बिक्रम गुरुङ, ईन्द्र प्रसाद उपाध्याय, सुरज शाही ठकुर, गणेश थापा र रुद्र बहादुर गुरुङ रहेका छन ।
‘सामाजिक कार्यमा सहभागिता, युवाहरुको प्रतिवद्धता’ नारासहित स्थापना भएको क्लबले नगरभित्र अब्यवस्थित तारजाली ब्यवस्थापन, सरसफाईको अभियानमात्र नभई खेल विकासमा समेत निरन्तर लागेको छ ।
सबैको साथ र सहयोगमा आफनो कार्यकाल सफल भएको क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । लखन कपको दोसो संस्करण आयोजनाको तयारीमा रहेको क्लबलाई आर्थिक सहयोगमा निरन्तरता दिन आग्रह गरे ।
नगरभित्र रहेका क्लबहरुलाई खेल विकास र युवा खेलाडी उत्पादन गर्न पूर्वाधार जरुरी रहेको क्लबका सचिव निरन्जन पन्तले बताए । हरेक नगरबासी हरियालीका लागि एक घर ३ बिरुवा, उज्यालो बुटबलका लागि ६० वाटको सिएफएल र घरघरबाट सरसफाई अभियानमा आफुहरु लाग्ने समेत प्रतिवद्धता जनाए ।





















