Spread the love

बुटवल, १९ पुस । युवालाई प्रविधिमैत्री बनाउदै वर्डप्रेसको ज्ञान र अवसरहरू दिने गरि रुपन्देहीमा पहिलो पटक ‘वर्ड क्याम्प नेपाल २०२६’ हुने भएको छ । ओपन सोर्स अभियानका रुपमा समुदायको क्षमता अभिवृद्धि गर्ने गरि नाफारहित स्वयंसेवी वर्ड क्याम्प नेपालको आयोजनामा मणिग्राम विश्राम बाटिकामा माघ ९ र १० गते दुई दिने कार्यक्रम गर्ने भएको हो ।
शनिबार पत्रकार सम्मेलनमा ग्लोबल लिड राकेश लवजुले पहिलो दिन कन्ट्रिब्युटर डे र दोस्रो दिन कन्फरेन्स डे गरि दुई दिन चल्ने कार्यक्रममा राष्ट्रिय र अन्तराष्ट्रिय अनुभवीहरुबाट ट्रेनिङ र वर्कसपको ब्यवस्था गरिने बताए । समुदाय केन्द्रित कार्यक्रममा सहकार्य, सिकाई र नेटवर्किङमा केन्द्रित रहने छ । एउटै प्लेटफर्ममार्फत डेभलपर, डिजाईनर, ब्लगर, ब्यवसायी, विद्यार्थी र खुलाश्रोत योगदानकर्ताहरुलाई जोडेर राष्ट्रिय वर्डप्रेस समुदायलाई मजबुत बनाउने उनले बताए । नेपालमा आठौ संस्करण र लुम्बिनी प्रदेशमा पहिलोपटक हुन लागेको बताउदै उनले सफ्टवेयरको कोड, ज्ञान र अनुभव निशुल्क दिईने बताए । नेपालकै पहिलो राष्ट्रियस्तरको वर्डक्याम्पको रुपमा र समुदाय केन्द्रिय ईभेन्ट भएको उनले बताए । ‘यस्ता कार्यक्रमले युवाहरुले आफनो करियर बनाउन सक्छन ।’–उनले भने । वेवसाईड बनाउने र होस्टिङ कम्पनीसंग समेत भेट हुने राम्रो अवसरका रुपमा रहेको उनले बताए ।

नेटवर्किङ बनाउने, एआई, विजनेश, एओई, सेक्यरिटी लगायतका विषयमा सेसन तथा वर्डक्याम्पको आचारसंहिता बारे ज्ञान दिईने उनले बताए । सिस्टमलाई थप ब्यवस्थित गराउन नया सदस्यको योगदान दिने गरि अघि बढाउने उनले बताए । सत्रहरु र प्यानल छलफलमा सहमागी हुदा वर्डप्रेस डेभलपमेन्ट, डिजाईन, ब्यवसाय, सामग्री निमार्ण र समुदाय निमार्ण लगायतका विस्तृत विषयहरु समेटिने उनले बताए ।

कार्यक्रममा लोकल लिड कृष्ण न्यौपानेले ४३ प्रतिशत साईडहरु वर्डप्रेसमा बनेको तर्क दिदै त्यसकारण पनि यसमा सुरक्षाको विषयमा विशेष ध्यान दिदै आएको बताए । दक्ष र ट्यालेन्ट युवाहरु विदेश जाने प्रवृद्धिलाई रोक्न समेत यो अभियान थालेको उनले बताए । भारत, बंगलादेश लगायत धेरै देशका प्रविधिविज्ञहरुले आफ्नो प्रस्तुति दिने र नेपाली प्रविधिलाई विश्वसंग जोड्न समेत सहयोग मिल्ने उनले बताए ।

कार्यक्रममा प्रोग्राम टिमका सदस्य मिलन खनाल, मिडिया र मार्केट संयोजक लक्ष्मण भट्टराइ, कम्युनिटि टिम यम क्षेत्री, फाईनान्स टिमका मनोज ज्ञवालीले कार्यक्रमको तयारीबारे जानकारी दिदै बढीभन्दा बढी लाभ लिन आग्रह गरे । कार्यक्रममा ८ सय बढि सहभागी हुने आयोजकको भनाईछ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्