Spread the love

नेपालगन्ज, १९ पुस । पछिल्लो दुई महिनामा पाटेबाघको आक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ सौरीका ६२ वर्षीय मरिचमान भण्डारीको पाटेबाघको आक्रमणबाट आज मृत्यु भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार भण्डारीलाई गाई चराउन गएका बेला आज दिउँसो साढे १ बजेतिर बाँके राष्ट्रिय निकुञ्जको ‘बिचार दमार’ जंगलमा बाघले आक्रमण गरेको थियो ।

भण्डारीसंगै रहेका अन्य स्थानीयले भने भागेर ज्यान जोगाएको बताएका छन् । गत कार्तिकमा पनि बाघको आक्रमणबाट राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरीस्थित गुरुवागाउ नमुना टोलका ४० बर्षिय इन्द्रबहादुर खत्रीको मृत्यु भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्