पहाडी र हिमाली क्षेत्रमा आशिक बदली र तराईमा कुहिरो

29
Spread the love

बुटवल, १८ पुस । जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको प्रभाव कायमै रहेको जानकारी दिएको छ । हाल सुदूरपश्चिम प्रदेश लगायत देशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा/हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन विभागले अनुरोध गरेको छ ।

त्यसैगरी आज दिउँसो र राति देशका पहाडी तथा हिमाली भू–भागमा साधारण बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । तराई भू–भागका धेरै स्थानहरूमा बिहानीपख हुस्सु/कुहिरो रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्