Spread the love

बुटवल, १८ पुस । कालिका मानवज्ञान माविमा अर्धबार्षिक परीक्षाको नतिजा प्रकाशन तथा फुड फेस्टीभल आयोजना गरिएको छ । विद्यालयको सेक्टर १ र सेक्टर २ रामनगरमा नतिजा प्रकाशनसंगै खाना महोत्सव आयोजना गरिएको हो ।

विद्यार्थीहरुले मौलिक नेपाली खानाका परिकारहरु पकाएर अभिभावकहरुलाई खुवाएका थिए । विद्यालयमा कक्षा ११ र १२ होटल म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीहरुले खानाका परिकार बनाउनको लागि कक्षा ६ र ७ का विद्यार्थीलाई सहजिकरण गरेका थिए । विद्यालयमा नतिजा हेर्ने र बुझन आएका अभिभावकहरु छोराछारीहरुले पकाएका खानाका परिकारको स्वाद लिएर दंग भएको कार्यक्रम संयोजक विद्यालयका शिक्षक ईबराज तिवारीले बताए । विद्यार्थीहरुले सेलरोटी, चुकौनी, चिकन ललिपप लगायतका विभिन्न परिकारहरु बनाएका थिए ।

विद्यार्थीहरुले सिकेका सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा रुपान्तरण गर्नको लागि खाना महोत्सव आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताए । कालिका विद्यालय देशकै धेरै विद्यार्थीहरु अध्ययरत र उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालय पर्दछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्