Spread the love

बुटवल, १६ पुस ।
बुटवलमा सम्पन्न विद्यालय नगरस्तरीय मेयर कप तेक्वान्दो प्रतियोगिता २०८२ को उपाधि दुई विद्यालयलाई संयुक्त रुपमा घोषणा गरिएको छ । बुटवल उपमहानगरपालिकाको सहयोगमा सिद्धेश्वर तेक्वान्दो डोजाङको आयोजनामा सम्पन्न प्रतियोगितामा समान पदक जितेपछि दुई विद्यालयलाई प्रथम घोषणा गरिएको आयोजक डोजाङका अध्यक्ष राजिव सिह क्षेत्रीले बताए । प्रतियोगितामा लुम्बिनी र इडन बोर्डिङ्ग स्कुलको समान ३ स्वर्ण, १ रजत र १ कास्य जितेपछि समझदारीमा दुबै टिम प्रथम घोषणा गरिएको उनले बताए ।

रुपन्देही जिल्ला खेलकुद विकास समितिको कार्यालय परिसरमा शनिबार भएको प्रतियोगितामा अन्नपूर्ण बोर्डिङ स्कुल २ स्वर्ण १ रजत जित्दै दोस्रो तथा गार्गी एकेडेमी १ स्वर्ण २ रजत र ४ कास्य जित्दै तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा रुपन्देहीका १३ विद्यालयका डेढ सय बढी विद्यार्थीहरुले छात्र र छात्रा गरि ६–६ वटा तौल समुहमा प्रतिस्प्रर्धा गरेका थिए ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख चन्द्रकान्त आचार्य, वडाअध्यक्ष हरि प्रसाद श्रेष्ठ, वडाअध्यक्ष पदम गाहाले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्