Spread the love

बुटवल, ३ असोज ।
खेलाडीहरुलाई लक्षित गरि अमेरिकन ब्राण्डको बिपिआई स्पोर्टसले रुपन्देहीमा डिष्ट्रिब्युटर शुभारम्भ गरेको छ । रुपन्देहीमा ग्यारेज फिटनेश संचालकहरु विकास राना, सबिन कार्कीले बुटवलमा पावर सप्लिमेन्ट्री र शारिरिक सुगठनका सामग्री उपलब्ध हुने गरि बुटवलको ट्राफिक चोकमा शोरुम शुभारम्भ गरेको हो । दुई युवाहरुले बुटवलको तामनगर र कंचल गाउपालिकाको रुद्रपुरमा ग्यारेज फिटनेश संचालन गरेका छन ।

एक समारोहका बिच मिस्टर काठमाडौं सागर श्रेष्ठ, मेन फिजिक्स (एथ्लेट्स) आकाश श्रेष्ठ, बिपिआईका नेपालका डिष्ट्रिब्युटर सोहन श्रेष्ठले शोरुमको औपचारिक उद्घाटन गरे । स्टोरमा मल्टिभिटासिनदेखि आईसोलियट प्रोटिनहरुका परिकारहरु क्रेटिन, पिसिएए लगायत साथै विभिन्न एशोसरिजहरु उपलब्ध हुने संचालक विकास रानाले बताए ।

उद्घाटन कार्यक्रममा मिस्टर काठमाडौं सागर श्रेष्ठले सब्लिमेन्ट केवल शारीरिक सुगठन खेलाडीलाईमात्र आवश्यक हुने भन्ने गलत धारणा समाजमा रहेको भन्दै वास्तवमा हरेक खेल र खेलाडीहरुलाइ यो आवश्यक पर्ने बताए । अहिले नेचुरल बडिबिल्डिङ जरुरी रहेको भन्दै जिममा प्रयोग हुने सामग्रीहरु उपलब्ध हुने गरि देशभर पाचौ शाखाका उनले बताए ।
सुरज क्षेत्री (भिओमा) ग्यारेज फिटनेशको ब्राण्ड एम्बेस्डर समेत रहेका छन । फिटनेश सेन्टर र शोरुममा गरि एक दर्जन स्थानिय युवाहरुले रोजगार पाएका छन ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्