{"data":{"os":"ios","source_type":"vicut","enterFrom":"new_image","capability_name":"capcut_photo_editor","product":"vicut","client_key":"aw889s25wozf8s7e","appVersion":"19.4.0","pictureId":"69BAA37A-0B01-46C8-A6D7-6E6FB61ECCCE","source_platform":"mobile_1","region":"NP","editType":"image_edit"},"tiktok_developers_3p_anchor_params":"{"product":"vicut","client_key":"aw889s25wozf8s7e","source_type":"vicut","source_platform":"mobile_1","editType":"image_edit","pictureId":"69BAA37A-0B01-46C8-A6D7-6E6FB61ECCCE","region":"NP","enterFrom":"new_image","os":"ios","appVersion":"19.4.0","capability_name":"capcut_photo_editor"}","source_type":"vicut"}
Spread the love

बुटवल, ३ असोज ।

बुटवल औद्योगिक क्षेत्र उद्योग संघले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ । विपद्को यस कठिन घडीमा पीडित परिवारहरुमा राहत तथा सहयोग गर्ने उद्देश्यले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा संघका तर्फबाट २ लाख २१ हजार १ सय ११ रुपैयाँ जम्मा गरिएको अध्यक्ष उपेन्द्र अग्रवालले बताए ।

अध्यक्ष अग्रवालका अनुसार संघ र संघमा आवद्ध उद्यागीहरु, संरक्षक, सल्लाहकार, कार्यसमितिका पदाधिकारी, साधारण सदस्यहरुबाट उक्त रकम संकलन गरि राहात कोषमा जम्मा गरिएको हो । ‘संकलित रकम प्रभावितहरुको उद्दारमा सहयोग स्वरुप प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको हो’-अग्रवालले भने ।

संघले भोटेकोशी बाढी–पहिरो पीडितका लागि राहत संकलनमा सहयोग गर्नु हुने सबै सदस्य उद्योगीहरुप्रति आभार व्यक्त गर्दै नेपालको भोटेकोशी क्षेत्रमा हालै आएको बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख पनि व्यक्त गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्