Spread the love

बुटवल, २ असोज ।
जिल्ला भलिबल संघ रुपन्देहीको ११ औ वार्षिक साधारण सभा तथा छैटौ अधिवेसनबाट राम बहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन । शुक्रबार बुटवलमा सम्पन्न अधिवेसनबाट उपाध्यक्षमा लोकेन्द्र बहादुर भण्डारी, महेश खनाल, सचिव मिलन राना, कोषाध्यक्ष इन्दिरा राना तथा सदस्यहरुमा अर्जुन घिमिरे, किरण पोखरेल, किसन बहादुर चन्द, थम्मन खत्री, प्रताप खवास, लालप्रकाश थापा निर्वाचित भएको निर्वाचन समितिका संयोजक सुमन अधिकारीले बताए ।

एक समारोहका बिच नेपाल भलिबल संघका सचिव झग बहादुर मिदुनले उद्घाटन गर्दै राष्ट्रिय खेल भएपनि यो खेलमा सरकारको प्राथमिकतामा नपरेको दुखेसो गरे। बजेट अभावकै कारण खेल विकास हुन नसकेको उनले दाबी गर्दै निजि क्षेत्रको लगानीबाट मात्र पर्याप्त नभएको बताए ।

कार्यक्रममा सागठनिक प्रतिवेदन प्रस्तुत गर्दै संघका अध्यक्ष सुरेन्द्र कुमार शाक्यले विधालय तहमा खेलाडी उत्पादनमा जोड दिएको बताए । जसमा जिल्ला स्तरिय अण्डर १८ छात्र भलिबल प्रतियोगिता २०८२, पालिकास्तरिय भलिबल प्रतियोगिताको शुरुवात, ३४ औ राष्ट्रिय भलिबल, मुख्यमन्त्री कप प्रतियोगितामा सहभागी भएको उनले बताए। खेल विकासमा नगर, जिल्ला, प्रदेश, संघ बिचमा समन्वयलाई महसुस गरि विविध रचनात्मक कार्य गरेको उनले बताए। नवौ राष्ट्रिय प्रतियोगितामा ७ पुरुष र ५ जना महिला खेलाडी रुपन्देही जिल्लाबाट छनौट भई लुम्बिनी प्रदेशको नेतृत्व गर्न सफल भएको उनले बताए ।
कार्यक्रममा प्रशिक्षकहरु अर्जुन घिमिरे, प्रताप खवास, रोशन चन्द, नरेन्द्र सारु, थम्मन खत्री, उदय बम मल्ल, मिलन राना, ब्यवस्थापक लाल प्रकाश थापा, ईन्दिरा राना तथा खेलाडीहरु मिना सुनार, दिपेश कुँवरलाई प्रशंसापत्रबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका महासचिव नवल गुरुङ, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, संघका पूर्वअध्यक्ष विष्णु कुमार श्रेष्ठ, सल्लाहकार गम्भिर गुरुङ, खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष अध्यक्ष सुमन अधिकारी, रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव चन्द्रकान्त आचार्य, संघका उपाध्यक्ष रामबहादुर थापा, लोकेन्द्र भण्डारी, महासचिव महेश खनालले केवल प्रतियोगितामा सिमित नराखी ग्रासरुट र विधालयस्तरको प्रशिक्षणमा जोड दिन जरुरी रहेको बताए । प्राविधिक रुपमा थप जिम्मेवार र सक्षम बनाउन प्रशिक्षक तालिमहरु निरन्तर संचालन गर्न जरुरी उनले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्