Spread the love

बुटवल, १ असोज ।
नृत्यमा रुचि भएका युवा प्रतिभालाई लक्षित गरि रुपन्देहीमा पहिलोपटक खुला थिम डान्स प्रतियोगिता २०८३ हुने भएको छ । नृत्यकर्मी संघ, नेपालको आयोजना तथा प्याब्सन रुपन्देहीको सहकार्यमा शुक्रबार सियारीको दुर्गा शैक्षिक गृह विद्यालयमा नृत्य प्रतियोगिता हुने भएको हो ।

लुम्बिनी प्रदेश मै पहिलो पटक यसप्रकारको प्रतियोगिता हुन लागेको संघका अध्यक्ष प्रियन्का थापाले बताईन । थिम डान्सले विषयगत नृत्य भन्ने बुझाउने र यसमा तोकिएको कुनै एउटा विषयमा रहेर सहभागीले नृत्य गर्ने उनले बताईन । प्रतियोगितामा दिगो विकास, सामाजिक संजाल र जिवनको अभिब्यक्ति गरि ३ विषयहरु राखिएको उनले बताईन । छनौट भएको विषयसंगै ५ मिनेटको विशेष म्युजिक टयाक बजाएर सहभागीले आफनो नृत्य प्रस्तुत गर्ने छन ।

प्रतियोगिताको उपाधि विजेतालाई नगद २५ हजार, उपविजेताले १५ हजार, तृतियलाई १० हजार र सान्त्वनालाई ५ हजार रुपैया तथा गिफट हेम्परबाट पुरस्कृत गरिने उनले बताईन । प्रतियोगितामा वरिष्ठ नृत्य निर्देशक कमल राई र सुन्दर गुरुङ्ग निर्णायक रहेका छन । सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेबाट शुभारम्भ हुने प्रतियोगितामा २० टिमहरुबाट दर्ता भएको कार्यक्रम सयोजक हिमाल थापाले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्