Spread the love

बुटवल, ३१ भदौ ।
लामोसमयदेखी सौन्दर्य पेशामा आवद्ध युवा उद्यमी अस्मिता श्रेष्ठले बुटवलमा सौन्दर्यसम्बन्धी सेवा र ब्यवसायिक तालिम प्रदान गर्ने ‘ब्यूटी क्यासल’ सञ्चालनमा ल्याएकी छिन । सुविधासम्पन्न पूर्वाधार सहितको सुख्खानगरमा ब्यूटी क्यासल उनले सञ्चालनमा ल्याएकी हुन् । ब्यूटी क्यासलको असोज १ गतेदेखी औपचारिक उद्घाटन गरिने भएको छ ।

तीन दिनसम्म विशेष उद्घाटन कार्यक्रम सञ्चालन हुने उनले बताईन । ‘एकै पटक १५ जनालाई सेवा दिने गरि सैलुनको पूर्वाधारमा तयार भएको छ ।’– उनले भनिन । जहा हेयर तथा स्किनसम्बन्धी सेवासहित सौन्दर्य क्षेत्रका विभिन्न सेवा उपलब्ध हुने सञ्चालक अस्मिता श्रेष्ठले बताइन् । उनका अनुसार पेडिकेयर, नेल्स, हेयरकट तथा हेयर टिटमेन्ट, विभिन्न प्रकारका मेकअपलगायत सेवा प्रदान गरिनेछ । त्यस्तै, सौन्दर्यसम्बन्धी बेसिक, एडभान्स र प्रोफेसनसम्मको क्लासहरु संचालन हुने उनले बताईन । लक्जरी, प्रिमियम ब्राण्डका सेवाहरु उपलब्ध हुने उनले बताईन ।

कपालसम्बन्धी क्लासिसको सेवा पनि ब्यूटी क्यासलमा उपलब्ध हुने जनाइएको छ । यसैगरि दुलही श्रृगारका समेत विशेष सेवा उपलब्ध हुने उनले बताईन । उद्घाटनका अवसरमा असोज १ गतेदेखि दुई महिनासम्म अधिकतम ३० प्रतिशत छुटको व्यवस्था गरिएको सञ्चालक श्रेष्ठले बताइन् । यसअघि अस्मी सैलुन चलाउदै आएकी उनले समयको माग अनुसार नै सुविधासम्पन्न क्यासल संचालनमा ल्याएको बताईन । ग्राहकलाई सौन्दर्य सेवामा सहज पहुँच र नयाँ अनुभव प्रदान गर्ने उद्देश्यले छुटको व्यवस्था गरिएको उनको भनाइ छ । पार्लरमा ६ जनाले रोजगार पाएका छन ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्