रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकाबाट प्रहरीले अवैध भरुवा बन्दुक बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरी गस्ती टोलीले सोमबार राति करिब ८ः३० बजे कञ्चन गाउँपालिका–५ स्थित बिटालु चोकबाट घनश्याम चोकतर्फ गस्ती गर्ने क्रममा लुम्बिनी साझेदारी सामुदायिक वनको झाडीमा लुकाइराखेको अवस्थामा भरुवा बन्दुक फेला पारेको हो ।
प्रहरीका अनुसार बेवारिसे अवस्थामा फेला परेको उक्त बन्दुकको लम्बाइ ४ फिट ३ इन्च रहेको छ । प्रहरीले बन्दुकलाई कानुनबमोजिम बरामद गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।




















