Spread the love

काठमाडौं । लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय जीवन गिरी वल्र्ड स्ट्रेन्थ लिफ्टिङ फेडरेसनको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । ‘आइरन म्यान अफ नेपाल’ को सम्मानबाट सम्मानित गिरीले नेपालको स्ट्रेन्थ लिफ्टिङ तथा बिल्डिङ खेलको विकासमा महत्वपूर्ण योगदान दिँदै आएका छन् ।

उनले सन् १९९९ को धर्मश्री बडी बिल्डिङ प्रतियोगिताको उपाधि विजेता समेत हुन । पछिल्लोसमय स्ट्रेन्थ लिफ्टिङ खेलको विकास र विस्तारमा निरन्तर सक्रिय रहेका गिरीले नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्दै पदक जितेका छन । खेलकुद क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरूप उनलाई लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश रत्न’ सम्मानसमेत प्रदान गरेको थियो । गिरीले अन्तर्राष्ट्रियस्तरमा स्ट्रेन्थ लिफ्टिङका रेफ्री तथा निर्णायकको जिम्मेवारीसमेत निर्वाह गर्दै आएका छन् ।

यसअघि उनी सोही महासंघको कार्यसमितिमा सदस्य पदमा रहेका थिए । गिरी नेपाल स्ट्रेन्थ लिफ्टिङ फेडरेसनका संस्थापक तथा महासचिवसमेत हुन् । महासंघको उपाध्यक्षमा उनको निर्विरोध चयनसँगै नेपालको स्ट्रेन्थ लिफ्टिङ खेलको संस्थागत विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्