बुटवल, २९ पुस ।
बुटवलमा शुरु भएको दोस्रो मेयर कप खुल्ला भलिबल प्रतियोगितामा न्यू होराईजन स्र्पोटस क्लब ‘ए’ ले विजयी शुरुवात गरेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा मिर्मिरे युवा क्लबद्वारा आयोजित शुरु भएको दोस्रो मेयर कप खुल्ला भलिबल प्रतियोगिता–२०८२ मा न्यू होराईजन स्र्पोटस क्लब ‘ए’ ले वाणगंगा स्र्पोटस क्लबलाई पराजित गरेको हो ।
एक समारोहका बिच नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पियाले प्रतियोगिताको उद्घाटन गर्दै स्थानियस्तरमा खेल विकासमा क्लबहरुको योगदानको चर्चा गरे । बुटवलमा आयोजना गरिने खेलकुद प्रतियोगिताका कारण युवा खेलाडीहरु प्लेटफर्म पाएको भन्दै यसमा स्थानिय सरकारको सधै सहयोग रहदै आएको उनले बताए ।
कार्यक्रममा मिर्मिरे युवा क्लबका अध्यक्ष शेरजंग गुरुङले स्थानीय खेलकुदको प्रवद्र्धन र युवाको सहभागिता बढाउने उदेश्यका साथ माघे संघान्तीको अवसरमा खेलकुद कार्यक्रम निरन्तर गर्दै आएको बताए । लिग कम नकआउट प्रणालीमा सञ्चालन हुनेछ । पप्रतियोगिताको उपाधि विजेताले नगद ५५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ३५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक टेकमान गुरुङ (हिता)ले बताए । यसैगरि तृतिय टिमले नगद २० हजार, कप, मेडल, प्रमाणपत्र तथा सान्त्वना टिमले नगद ७ हजार, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । विधागत रुपमा समेत उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिने छ । माघ १ गते समापन हुने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।






















