Spread the love

बुटवल, २२ भदौ । तिलोत्तमा सृजनशील समाजले भोटेकोशी बाढीबाट प्रभावित १९१ घरपरिवारलाई करिब १७ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ ।

समाजको सक्रियतामा तिलोत्तमा–४ का विभिन्न आमा समूह, टोल विकास संस्था, रुपन्देहीका स्थानीयवासी, थ्रि सिस्टर कलेक्सन–मिलनचोक, लियो क्लब अफ भलवारीलगायत विभिन्न संघसंस्था तथा सहयोगीबाट संकलन गरिएको राहत सामग्री बाढी प्रभावित परिवारलाई वितरण गरिएको हो ।

समाजका अध्यक्ष सन्तोष कुमार वर्माको नेतृत्वमा गएको ६ सदस्यीय टोलीले प्रभावित क्षेत्रमै पुगेर राहत सामग्री वितरण गरेको थियो । टोलीले विदुर नगरपालिका–७ अन्तर्गत टुप्चे, कर्मेतार र सोलुका ६४ घरपरिवार, किस्पाङ गाउँपालिका–५ अन्तर्गत चाम्पानी, बरु गाउँ, घले गाउँ र काके गाउँका ६९ घरपरिवार तथा किस्पाङ गाउँपालिका–२ अन्तर्गत चम्पेश्वरका ५८ घरपरिवार गरी जम्मा १९१ घरपरिवारलाई राहत वितरण गरेको हो ।

बाढीबाट प्रभावित समुदायसम्म राहत पु¥याउन सहजीकरण गर्ने वडा अध्यक्ष रविन्द्र नेपाल, स्थानीय समाजसेवी सजिस अधिकारी लगायत स्वयंसेवक तथा सहयोगीप्रति समाजले आभार व्यक्त गरेको छ ।

समाजका अध्यक्ष वर्माले विपद्का बेला प्रभावित समुदायलाई प्रत्यक्ष सहयोग पु¥याउने उद्देश्यले राहत अभियान सञ्चालन गरिएको बताउँदै आगामी दिनमा पनि सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्