बुटवल, २० भदौ ।
रोटरी क्लब अफ बुटवलमा २८ जना नया सदस्य प्रवेश गरेका छन । क्लबको आयोजनामा शनिबार बुटवलमा सम्पन्न नया सदस्य परिचय तथा क्लबको १६२८ औ नियमित बैठकमा नया सदस्यहरुलाई परिचय तथा शपथ खुवाउने कार्यक्रम गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक गर्भनर विष्णुमान कार्कीले रोटरी सधै समुदायसंग समन्वय गरि सामाजिक कार्य गर्दै आएको बताए । पछिल्लोसमय रसुवा, नुवाकोटमा भएको बाढीपहिरोको कारण भएको क्षतिसंगै सहयोग अभियानलाई तिब्रता दिएको उनले बताए । राहतसंगै त्यहा आवश्यक पर्ने स्वस्थ्य, शिक्षा लगायतका सहयोग चलाउने उनले बताए । ‘हेल्थ सेन्टर चलाउने योजनामा छौ ।’– उनले भने । धेरै ठूलो क्षतिसंगै मानसिक समस्या ब्यहोरेका स्थानियलाई सबैको साथ र सहयोगबाट पुनः निमार्णमा हातेमालो गर्ने सोच बनाएको उनले बताए । डिजाष्टर ग्राण्डमार्फत विद्यालय, खानेपानी, शौचालय लगायत निमार्णमा रोटरी काम गर्ने उनले बताए । क्लबमा प्रवेश गरेका नया सदस्यहरुलाई रोटरीबारे जानकारी दिदै उनले विश्वमा नै उत्कृष्ट सामाजिक संस्था भएको बताए । विश्वको पारर्दशितामा बेष्ट अवार्ड पाउने संस्था भएको बताए । यसवर्ष रोटरीले वातावरण संरक्षण अन्तरगत १ लाख बिरुवा रोप्ने लक्ष्य अन्तिम चरणमा पुगेको समेत उनले बताए ।
कार्यक्रममा पिजिडि राजेन्द्र प्रसाद ध्वजुले रोटरी क्लबमा सदस्यता संख्या, क्लब सर्भिस र फण्ड मुख्य पाटोका रुपमा रहेको बताए । हाल डिष्टिक ३२९२ मा १६५ वटा क्लबहरु सामाजिक कार्यमा अग्रसर रहेको भन्दै परियोजना संचालनका रुपमा रोटरी क्लब अफ बुटवल महत्वपूर्ण क्लबको परिचय बनाएको उनले बताए । रोटरीको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता सेभेन फोकस एरियामा गरेको कामहरुबारे प्रकाश पारे । के पाउछु भन्दा पनि के दिनसक्छु भन्ने भावनाका साथ रोटरीमा प्रवेश गर्न उनले आग्रह गरे ।
कार्यक्रममा क्लबका एजी ओम जैसी, डिष्ट्रिक मेम्बरसिप कमिटि चेयर विष्णु हरि दाहालले नया सदस्यहरुलाई प्रमाणपत्र तथा पिन वितरण गरे । क्लबका अध्यक्ष यदुनाथ पाण्डेयले नया सदस्यहरुलाई सपथ ग्रहण गराउदै सामाजिक कार्यमा अग्रसर हुने पवित्र मनसायबाट क्लबमा आवद्धता भएको बताए ।
कार्यक्रममा नया सदस्य तुल्सी पाण्डेले आफुहरु केवल सदस्यमात्र नभई समाजमा सकारात्मक परिवर्तन ल्याउने गरि काम गर्ने प्रतिवद्धता जनाए । क्लबमा पाच जना पुराना सदस्यका साथै नया सदस्यसहित ११२ जना सदस्य पुगेको क्लबका सचिव दिवाकर घिमिरेले बताए ।



















