Spread the love

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. ३ ले यस वर्ष आयोजना गर्ने भनिएको नगरस्तरीय तीज गीत प्रतियोगिता स्थगित गरेको छ । देशका विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको हुदा वडा कार्यालय प्रतियोगिता स्थगित गरी त्यसका लागि विनियोजित बजेट उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको घटनाको कारण यो वर्ष तीज कार्यक्रमलाई स्थगित गरि सो कार्यक्रमको लागि छुट्याइएको रु. ३ लाख बजेट रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने वडा अध्यक्ष विष्णु प्रसाद ढकालले बताए ।

प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै वडा कार्यालयले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासहित सहयोग गर्न लागेको उनले बताए । वडाबासीहरुबाट यो अभियानमा सहयोगका लागि समेत आग्रह गरिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्