काठमाडौै,१० भदौ ।
रसुवामा आउको ठूलो बाढीपछि गृह मन्त्रालयले ५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। गृह मन्त्रालयले सूचना जारी गरी रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोटका नदी तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको हो ।
गृह मन्त्रालयले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेसी सडक, मुग्लिङ–नारायणगढ सडकमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवतजावतमा पूर्ण रोक लगाउन समेत आग्रह गरेको छ । खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता गर्नुपर्ने अवस्था देखिएमा टोल फ्रि नम्बर १२३४ मा तुरुन्त फोन सम्पर्र्र्र्क गर्न गृहले अनुरोध गरेको छ।





















