Spread the love

बुटवल, ३ भदौ ।

बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता २०८३ को तेस्रो दिन खेलहरुमा स्कलर्स होम ई बोर्डिङ स्कुल, श्री नवरत्न माबि र सिद्धार्थ मोर्डन स्कुल विजयी हुदै दोस्रो चरणमा प्रवेश गरेका छन ।
सिद्धार्थ केबलकारको मुख्य प्रायोजन तथा ज्ञानपुन्ज ईगलिस सेकेण्डरी स्कुलको आयोजनामा बुधबार दिउसो भएको खेलमा स्कलर्स होम ई बोर्डिङ स्कुलले प्रभात ई बोर्डिङ स्कुललाई २–० गोल, श्री नवरत्न माबिले सैनिक आवासिय महाविद्यालयलाई ३–२ गोल तथा सिद्धार्थ मोर्डन स्कुलले मदरल्याड ई बोर्डिङ स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन ।

देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको खेलमा स्कलर्सको जितमा आयुष ठकुरी र बिपिन पुनले गोल गरे । खेलमा प्रभातका लभसन लहाडी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्