Spread the love

बुटवल, ३ भदौ ।
हिलपार्क परिसरमा निर्माणधिन सप्तऋषि मन्दिरलाई सबैको साझा र धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्न सरोकारवालाहरुको सुझाव दिएका छन । सप्तऋषि धाम नेपाल प्रतिष्ठानद्वारा बुधबार आयोजना गरिएको वृहत धर्मसभामा बोल्ने बक्ताहरुले धर्म, संस्कृति संरक्षणमा सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए । पाण्डेय सेवा समितिको अगुवाईमा निमार्ण थालिएको सो मन्दिर पछिल्लोसमय सबैको साझा हुने गरि सप्तऋषि धाम नेपालसंस्थाद्वारा निर्माण अघि बढाईएको हो ।
कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य चिन्तामणि पाण्डे, बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेय, धामको संरक्षक सोमराज महाराज, वडा नं. ६ का वडा अध्यक्ष लोकनाथ न्यौपाने, धामका अध्यक्ष यदुनाथ पाण्डेयले विधिवत पुजाआजा सहित उद्घाटन गरे ।

मन्दिर निमार्ण सम्पन्न गरि सप्तऋषिको मूर्ति प्राणप्रतिष्ठानको तयारी रहेको अवस्थामा रहेको धामका अध्यक्ष यदुनाथ पाण्डेयले बताए । सबै मिलेर यो धामको विकासमा सहयोग गर्न सरोकारवालासंग धर्मसभा आयोजना गरिएको बताए । समय नआई कुनै पनि कुरा पुरा नहुने तर्क दिदै उनले अहिले मन्दिरको उद्घाटनको सहि समय आएको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेयले पाण्डे सेवा समितिको अगुवाईमा स्थापना शुरु गरिएको मन्दिरलाई सबैको साझा हुने गरि सप्तऋषि मन्दिर नामाकरण गरिनु सकारात्मक भएको बताए । बिसं २०४८ सालमा मन्दिर निमार्ण शुरु भएको यो मन्दिर निमार्ण पूरा भएपछि उद्घाटन सन्तमहन्तबाट गराउन उनले सुझाव दिए ।

सबै जाती र समुदायको अपनत्व हुने गरि समेटेर लाग्न उनले आग्रह गरे । एउटा मन्दिर समितिबाट कति जनालाई गुरुकुलमा पढाउन सक्ने भन्ने विषयमा समेत पहल गर्न उनले आग्रह गर्दै यो पढाई आधुनिक आईटी समावेश हुने गरि लाग्न सुझाव दिए । सप्तऋषि भजन समुहसमेत तयार गर्ने उनले आग्रह गरे । धार्मिक र पर्यटकिय क्षेत्रको विकास हुने र सबैको साझा हुने गरि हिजो गरेको पुस्तालाई सम्मान अबकालाई संरक्षणमा अग्रसर गराउने रुपमा समिति लाग्नुपर्ने उनले बताए ।
कार्यक्रममा संयोजक पुरुषोत्तम पाण्डेय, सचिव विष्णु प्रसाद पाण्डेयले नेपालकै पहिलो धार्मिक स्थान र पवित्र भुमिको बारेमा चर्चा गरे ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्