Spread the love

बुटवल, ३१ साउन ।
स्कलर्स होम बोर्डिङ सेकेन्डरी स्कुलमा वातावरण संरक्षणसम्बन्धी प्रतियोगितात्मक अभियानअन्तर्गत ईन्भारोमेन्ट प्रिमियर लिग बुटवल २०२६ को ‘मेयरसँग विद्यार्थी अन्तरक्रिया’ कार्यक्रम सम्पन्न भएको छ । मैना देवी फाउन्डेसनको आयोजना तथा बुटवल उपमहानगरपालिका र स्थानीय विभिन्न विद्यालय तथा कलेजको सहकार्यमा सञ्चालन भइरहेको वातावरण संरक्षणसम्बन्धी अभियानअन्तर्गत शनिबार स्कलर्स होममा अन्तरक्रिया कार्यक्रम भएको हो ।

कार्यक्रममा विद्यालयका उप–प्राचार्य टिकराम गौतमले अभियानको औचित्यमाथि प्रकाश पार्दै वातावरण संरक्षणप्रति युवाहरुबाट नै जिम्मेवारी, सिर्जनात्मक सोच र नेतृत्व विकासमा विद्यार्थीलाई सहभागी गराउने गरि महत्वपूर्ण कार्यक्रम भएको बताए ।

कार्यक्रमका बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेसँग विद्यार्थीहरूले वातावरण संरक्षणमा उपमहानगरपालिकाबाट भएका काम तथा आगामी रणनीतिबारे प्रश्न तथा जिज्ञासा राखेका थिए । कार्यक्रममा ‘म बदलिन्छु, तब मेरो देश बदलिन्छ’ भन्ने मूल नाराका साथ सुरु भएको अभियानका विषयमा समेत विद्यार्थी र नगरप्रमुखबीच अन्तरक्रिया भएको थियो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ९ का अध्यक्ष प्रदीपकुमार श्रेष्ठ, बुटवल–९ मा क्रियाशील मुनाल टोल विकास संस्थाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद भण्डारी, जागरण टोल विकास संस्थाका अध्यक्ष मञ्जु कुँवर, प्लस टु संयोजक चेतनारायण पन्थी, प्राध्यापक जीवन पाण्डे, संयोजक सुरेन्द्र थापा क्षेत्री, विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मनुकान्त क्षेत्री, सिर्जना गौतम, शोभा राना, जयन्ती श्रेष्ठले पछिल्लोसमय वातावरण प्रति सचेतना हुने गरि विद्यालयस्तरमा कार्यक्रम जरुरी रहेको भन्दै यसमा सबै पक्षको सहकार्य जरुरी रहने बताए । कार्यक्रममा विद्यार्थी, जनप्रतिनिधि तथा सामाजिक अगुवासहित एक सय बढीको सहभागिता रहेको सूचना विभाग प्रमुख नेत्रप्रसाद भट्टराईले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्