Spread the love

बुटवल, २९ साउन ।
फुटबलको अन्तराष्ट्रिय संस्था फिफाले एन्फालाई प्रतिबन्ध गरेको छ । नेपालको फुटबल खेल र खेलाडीप्रति चिन्ता र चासो बढेको बेला रुपन्देहीमा भने निरन्तर फुटबल गतिविधि भैरहेको छ । बुटवलको ज्ञानपुन्ज इगलिस बोर्डिङ स्कुलले विद्यालयस्तरका खेलाडीलाई प्लेटफर्म दिने गरि प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता २०८३ गर्ने भएको छ ।
प्रतियोगिताको तयारीबारे शुक्रबार विद्यालय परिसरमा पत्रकार सम्मेलन गरि विद्यालयका प्रधानाध्यापक शंकर भण्डारीले जानकारी दिए । विद्यार्थीहरुलाई खेलकुदमा रुचि जगाउने गरि विद्यालयमा विविध गतिविधिहरु संचालन हुदै आएको उनले बताए । भदौ १ देखि ८ गतेसम्म देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा संचालन हुने प्रतियोगिता विद्यालय र क्लबहरुको सहकार्य रहेको उनले बताए । करीब ७ लाख खर्च हुने अनुमान रहेको प्रतियोगितामा प्रत्यक्ष ४०० खेलाडीहरु र १ लाख दर्शकहरुले खेल अवलोकन गर्ने उनको दाबी छ । विद्यालयले आगामी दिनमा यो प्रतियोगिताको स्तर, पुरस्कार राशी वृद्धि गर्दै लग्ने समेत उनले बताए ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद भट्टराई, खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, उपप्राचार्य भिम बस्नेतले विद्यालयस्तरबाट खेलकुद गतिविधिहरु भएमात्र खेलको विकास हुने बताए । विद्यालयबाट शुरु भएको कार्यक्रमहरुबाट विद्यार्थीहरुमा उर्जामिल्ने उनीहरुको भनाईछ ।
यसैबिच प्रतियोगिताको टाईसिट सार्वजनिक समेत गरिएको छ । रेफ्रिसहितको प्राविधिक टिमले प्रकाशन गरिएको खेल तालिका अनुसार उद्घाटन खेल अक्सफोर्ड ईगलिस बोर्डिङ र देवदह ईगलिस बोर्डिङ स्कुल बिचमा हुने भएको छ । प्रतियोगितामा सहभागी ४४ टिमहरुलाई दुई पोलमा विभाजन गरि खेल खेलाईने छ ।

भिडियो रिर्पोट

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्