Spread the love

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको वितरणमा देखिएको समस्या समाधान गर्न नेपाल आयल निगमले द्रुत प्रतिकार्य टोली गठन गरेको छ।

उपभोक्तालाई सहज र झन्झटरहित रूपमा खाना पकाउने ग्यास उपलब्ध गराउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास उद्योगका प्रतिनिधि सम्मिलित टोली गठन गरिएको हो।

टोलीले आफ्नो काम सुरु गरिसकेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए। उनका अनुसार ग्यासको आयात नियमित रहे पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वितरणमा समस्या देखिएको छ।

निगमले ग्यासको आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित बनाउँदै उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण बनाउन टोलीले आवश्यक समन्वय र अनुगमन गर्ने जनाएको छ।

बजारमा ग्यासको अभाव तथा वितरणमा देखिएको असहजताका कारण उपभोक्ताले लामो समयदेखि समस्या भोग्दै आएका छन्। निगमले तत्काल समस्या पहिचान गरी समाधान गर्ने उद्देश्यले द्रुत प्रतिकार्य टोली परिचालन गरेको जनाएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्