Spread the love

बुटवल, १८ साउन ।
लायन्स डिष्ट्रिक ईन्टरनेशनल ३२५ बि अन्तरगत रिजन ११ का ९ क्लबहरुको संयुक्त शपथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । आईतबार एक समारोहका बिच लायन्स ईन्टरनेशनल ३२५ बि का डिष्ट्रिक गभर्नर सन्दिप कशौधनले

कार्यक्रमको उद्घाटन गर्ने लायन्स अभियानको सफलता सदस्यहरूको निष्ठा, अनुशासन र सेवाभावमा निर्भर रहने बताए । योजनाबद्ध कार्यक्रम, सक्रिय सदस्यता र पारदर्शी नेतृत्वबाट मात्रै संस्थाको उद्देश्य पूरा हुने उल्लेख गर्दै नया नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिए ।

कार्यक्रममा डिष्ट्रिकका फस्ट भिडिजि मिना पन्थी, पिडिजि पुरुषोत्तम भक्त प्रधानाङ, पिडिजि अर्जुनमान सैजु, एरिया ४ को एरिया चिफ दिपक गौतम, एरिया–३ का एरिया लिडर अरुण प्रताप राणा, रिजन ११ का रिजन चेयरपर्सन रितु गुरुङ, जोन चेयरपर्सन रुपा भुजेल गुरुङ, जोनचेयरपर्सन शान्ति शर्माले लायन्सको मूल मन्त्रलाई व्यवहारमा उतार्दै समाजका असहाय, विपन्न, ज्येष्ठ नागरिक, बालबालिका तथा विद्यार्थीको हितमा निरन्तर काम गर्नुपर्ने आवश्यकता औल्याए । यो वर्ष डिष्ट्रिकले वातावरण संरक्षण अभियान अन्तरगत ५ लाख विरुवा रोप्ने लक्ष्य लिएको छ । डिष्ट्रिकमा कुल ४५ हजार सदस्य सदस्यहरु रहेका छन ।

 

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्