Spread the love

बुटवल, २४ पुस ।
पार्टी प्यालेस तथा क्याटरिङ ब्यवसायीहरुले आफुहरुलाई अत्यावश्यक सेवाको सुचिमा राख्न सरकारसंग आग्रह गरेका छन । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ ब्यवसायी महासंघको ९ औ वार्षिक साधारण सभामा बोल्ने ब्यवसायीहरुले दिनरात सेवा दिएको भन्दै नीतिगत रुपमा सेवामुलक उद्योगको मान्यतासहित सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउन आग्रह गरे ।

अत्यावश्यक सेवामा राख्न सकेमात्र ६ प्रतिशतमा ऋण पाउने ब्यवस्था, सवारीमा कर छुट लगायत पाउन सकिने उनीहरुले बताए। नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ ब्यवसायी महासंघको ९ औ वार्षिक साधारण सभाको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले व्यवसायमैत्री वातावरण बनाउने जिम्मेवारी राज्यको भएको बताउनुभएका छन । भदौ २४ गते आन्दोलनको नाममा उद्योग, व्यवसाय तथा होटलहरूमा आगजनी गरी व्यवसायीको मनोबल गिरेको घटनाबाट प्रदेशको व्यावसायिक वातावरण समेत प्रभावित बनेको भन्दै उनले यसमा संलग्नलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ब्यवसायको संरक्षणमा सबै तहका सरकारको अगुवाई जरुरी रहेको बताए । सीप सिकाएपछि बिदेश जाने युवालाई रोक्ने गरि तीन तहकै सरकारको योजना ल्याउन जरुरी रहेको उनले बताए । राजनितिक परिवर्तन धेरै भए पनि श्रमलाई सम्मान हुने परिपार्टी विकास हुन नसकेको उनले दुखेसो गरे । सीपसहितको शिक्षा जोड्न जरुरी रहेको उनले औल्याए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डेले ब्यवसायिक कुरा देशको राजनितिसंग जोडिने भन्दै राजनीति राम्रो भए पेशा ब्यवसाय राम्रो हुने दाबी गरे ।

कार्यक्रममा महासंघका केन्द्रिय उपाध्यक्ष तथा कार्यक्रमका संयोजक लक्ष्मण पोखरेल, ईभा नेपालका उत्तम प्रकाश शर्मा, महासंघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पाण्डेले सेवामुलक पेशा ब्यवसायीहरुलाई जिल्लाजिल्लाबाट संगठित गरि महासंघका रुपमा गठन गरिएको बताए ।

कार्यक्रममा नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ ब्यवसायी महासंघका निवर्तमान अध्यक्ष लिला जिसिले कृषिप्रदान देश नेपालमा कृषिकै बस्तुप्रयोग गर्ने पार्टी प्यालेस र क्याटरिङ ब्यवसायीमैत्री निति सरकारबाट बनाउन सुझाव दिए । यो पेशामा खाद सुरक्षा, रोयल्टीको समस्या र युवा स्वरोजगार बन्ने पेशा भएपनि सरकारबाट आवश्यक पहल नगरेको दुखेसो गरे ।
बिसं २०७४ सालमा दर्ता भएर हकअधिकार र ब्यवसायिक हितमा अग्रसर रहेको संस्थामा हाल देशभर ७ हजार ब्यवसायीहरु छन ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्