Spread the love

बुटवल, १७ साउन ।
वातावरण संरक्षण र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यका साथ रोटरी क्लब अफ बुटवलको आयोजनामा आईतबार बुटवलमा ‘मेघा ट्री प्लान्टेसन प्रोग्राम’ सम्पन्न गरेको छ । मुक्तिधाम टोल विकास संस्था अन्तर्गत रहेको हरिहर मन्दिर, मुक्तिघाट (कर्साघाट) क्षेत्रमा रोटरी क्लब अफ बुटवलसहित रोट्याक्ट, ईन्ट्याक्ट गरि एक दर्जन क्लबहरुको संयुक्त वृक्षारोपण कार्यक्रममा १ हजार ५ सय बिरुवा रोपिएको हो ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ को १ लाख वृक्षारोपण गर्ने लक्ष्य अनुसार क्लबबाट सो क्षेत्रमा विरुवा रोप्नुका साथै संरक्षणको अभियान समेत अघि बढाउने क्लबका अध्यक्ष यदुनाथ पाण्डेले बताए । करीब २ बिगाहा क्षेत्रमा रहेको मुक्तिघाटको नदीउकास क्षेत्रमा आर्कषक रोटरी पार्कको अवधारणा अघि बढाउने क्लबको तयारी रहेको उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले गाउपालिका हुदै उपमहानगरपालिका भएको सो क्षेत्रमा भौतिक विकासको गति लिईरहेको दाबी गरे । नरेनापुर आधारभुत विद्यालयको शैक्षिक विकास, कृषि ब्यवसायीक केन्द्रको निमार्ण, कर्साघाटमा शवदाह गृह निमार्ण, मुक्तिधाम संरक्षणको काम समेत अघि बढेको उनले बताए । यसका साथै सबै जाती, धर्म र संस्कृति संरक्षणमा पालिकाबाट योजना अघि बढाएको उनले बताए । क्लबबाट गर्ने हरेक कामलाई दिगो हुने गरि लाग्नुपर्ने सुझाव दिदै उनले हरियाली र पर्यावरणका हिसाबबाट उचित क्षेत्रको छनौट भएको उनले बताए ।

कार्यक्रममा पीडीजी राजेन्द्र प्रसाद ध्वजु रोटरीको सामाजिक कार्यको सात क्षेत्र अन्तरगत वातावरण जस्तो महत्वपूर्ण क्षेत्रमा अहिले क्लबहरुको परियोजना अघि बढेको बताए । यहा गरिएको वृक्षारोपणको कामसंगै क्लबबाट संरक्षणका लागि रोटरीको पहिचान दिने गरि परियोजना तयार गर्न उनले आग्रह गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष शिव रानाले बुटवलको समग्र विकासमा साझेदारीको महत्वबारे प्रकाश पार्दै स्थानीय सरकार, संघसंस्था र स्थानीयवासीबीचको सहकार्य आवश्यक रहेको बताए । उनले विकास निर्माण तथा सामाजिक अभियानलाई प्रभावकारी बनाउन सबै पक्षबीच सहकार्य र समन्वय अपरिहार्य रहेको उल्लेख गरे । बिरुवा रोपेर मात्र वातावरण संरक्षण नहुने भन्दै त्यसको नियमित हेरचाह र संरक्षणमा सबैको साझा जिम्मेवारी आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा क्लबका एसाइन एजी ओमप्रकाश जैसी, क्लबका मेन्टर हरि पौडेल, पूर्वअध्यक्ष कृष्ण अर्याल, मुक्तिधाम टोल विकास संस्थाका अध्यक्ष प्रेम प्रसाद पौडेल र सचिव दिवाकर घिमिरेले वातावरण जोगाउने गरि रोटरी ईन्टरनेशनलको लक्ष्य अनुसार वृक्षारोपण र यसको संरक्षणको कामलाई सार्थक बनाउने गरि लाग्नुपर्ने बताए ।

अमला, तेजपत्ता, कदम, पलास, निम, मोरंङा, अम्बा, कटहर, चिउरी, बाससहित विभिन्न बिरुवाहरु वृक्षारोपण गरिएको सर्भिस प्रोजेक्ट डाईरेक्टर तथा कार्यक्रम संयोजक रोहिनी श्रेष्ठले बताईन । रोटरी क्लब अफ बुटवलले वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा सार्वजनिक क्षेत्रलाई आकर्षक र वातावरणमैत्री बनाउने उद्देश्यसहित आगामी दिनमा पनि वृक्षारोपण तथा संरक्षणका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्