बुटवल, १५ साउन ।
मधुमेह सम्बन्धी सचेतना जगाउने उदेश्यका साथ एक विद्यालयका अभिभावकहरुको निशुल्क मधुमेह परिक्षण तथा सचेतना कार्यक्रम गरिएको छ । लायन्स क्लब अफ बटौलीको आयोजना तथा अल्फा लियो क्लब अफ स्कलर्स सहकार्यमा स्कलर्स होम एकेडेमीमा त्रैमासिक परिक्षा प्रकाशनसंग अभिभावकहरुको निशुल्क मधुमेह परिक्षण गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै पूर्व डिजि पुरुषोत्तम भक्त प्रधानाङले उमेर समुहबाट नै सामाजिक सेवामा आवद्ध गराउने गरि लायन्स लाग्दै आएको भन्दै नेतृत्व विकासमा अग्रसरता गराउन सफल भएको बताए । विगत ५ वर्षदेखि निरन्तर मधुमेहको विषयमा काम गर्दै आएको उनले बताउदै आफ्नो अनुभव सुनाए । ‘यो अवधिमा साढे ३ लाख भन्दा बढिको निशुल्क परिक्षण गर्न सफल भएका छौ ।’– उनले भने । करीब एक सय वर्ष आँखा सेवामा काम गरेको लायन्स पछिल्लो केही वर्षदेखी मधुमेह र उच्च रक्तचापको क्षेत्रमा सचेतना कार्यक्रम चलाउदै आएको उनले बताए । आँखा खराब हुनुमा मधुमेह र उच्च रक्तचाप पनि कारकको रुपमा रहेको हुदा लायन्स अभियान चलाईएको उनले बताए । मधुमेहलाई खानपिनको ब्यवस्थापन गराउन सिकाउने रोग भएको हुदा पनि रोकथाम गर्न सकिने उनले बताए ।
कार्यक्रममा क्लबका अध्यक्ष श्रीधर पोखरेलले ग्लोबल कज अन्तरगत यो अभियान क्लबको प्राथमिकतामा राखेर गर्दै आएको बताए । समुदायमा ठुलो संख्यामा मानसिक स्वस्थ्यबाट ग्रुजिरहेको हुदा लायन्स यसबारेमा पनि सचेतना गर्ने गरि अभियानलाई निरन्तरता दिने गरि अभियान चलाउदै आएको उनले बताए ।
कार्यक्रममा जिएसटी कोअर्डिनेटर प्रकाशकुमार श्रेष्ठ, विद्यालयका सहायक प्राचार्य टिकाराम गौतम, रिजन चेयरपर्सन रितु गुरुङ, संस्थापक अध्यक्ष बिनित भट्टराई, एरिया सेक्रेटरी राजु भण्डारीले समुदायमा शिक्षा, स्वास्थ्यको क्षेत्रमा रचनात्मक र सचेतना कार्यक्रमलाई लायन्सबाट जोड दिदै आएको बताए ।
भवानी सिटि हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा भएको शिविरमा ४ सय बढी अभिभावकहरुको निशुल्क मधुमेह परिक्षण गरिएको कार्यक्रम संयोजक रिति भण्डारीले बताईन ।





















