काठमाडौं, ११ साउन ।
त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर एबिएस प्रथम सेमेष्टरको परीक्षाको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार मिति २०८३ साउन ८ गते सञ्चालन भएको व्यवस्थापन संकायतर्फको एमबिएस प्रथम सेमेष्टरको एमजिटि ५१५ः संगठनात्मक व्यवहार विषयको परीक्षाको प्रश्नपत्र विभिन्न वाट्सअप समूहमा साझा गरी प्रश्नपत्रको गोपनीयता भंग गरेको आरोपमा शिक्षा ऐन, २०२८ अन्तर्गतको कसूरमा संलग्न व्यक्तिलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका–११ स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बस्दै आएका ३३ वर्षीय सन्दिप सिंह रहेका छन्। उनलाई साउन १० गते भक्तपुरको मध्यपुर थिमी–१ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1





















