भैरहवा । रुपन्देही प्रहरीले स्कुटर जाच गर्ने क्रममा ठूलो परिमाणमा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो करिब डेढ बजे सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुर क्षेत्रमा वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रा ७ प ७००७ नम्बरको स्कुटर जाँच गर्ने क्रममा ठूलो परिमाणमा लागूऔषध बरामद गरेको हो ।
प्रहरीले स्कुटरबाट डाइजेपाम २ एमएलका १४५ एम्पुल, प्रोमेथाजिन एचसीएल २ एमएलका १४५ एम्पुल, बुप्रेनोर्फिन २ एमएलका १४५ एम्पुल, ३ थान सिरिन्ज तथा २ थान स्क्रिनटच मोबाइल बरामद गरेको जनाएको छ । पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका–१३ निवासी २२ वर्षीय प्रवेश घर्ती मगर र सोही स्थानका १७ वर्षीय विस्मत घर्ती मगर रहेका छन् । बरामद लागूऔषध तथा स्कुटरसहित दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1





















